महावीर पुनको चुनाबी गीत सार्वजनिक
- ८ फाल्गुन २०८२, शुक्रबार
- 25 पटक पढिएको
म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनको चुनावी गीत सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवार बन्नुभएका पुनको चुनाबी प्रचार प्रसारका लागि प्रवासमा रहेका शुभेच्छुकहरुको सहयोगमा लोक र सालैजो भाकामा चुनावी गीत तयार गरिएको हो ।
देव चोचाङ्गी पुन मगरकेो शब्द, संगीत र स्वर रहेको गीतको एरेन्ज महाराज थापा मगर र विश्वास आले मगरले सम्पादन गर्नुभएको छ । गीतमा महावीर पुनको सामाजिक र राष्ट्रिय क्षेत्रमा रहेको योगदानको समेत चर्चा गरिएको छ । मनोनयन दर्ता पछि म्याग्देली मतदाता भेटघाटका क्रममा पुनको घरदैलो अभियानको भिडियोहरुलाई म्युजिक भिडियोमा समावेश गरिएको छ । गीत र म्युजिक भिडियो निर्माणमा अमृत गर्वुजा पुन मगर , ओम बहादुर गर्वुजा पुन मगर , तारा गर्वुजा पुन मगर , कुमार गर्वुजा पुन मगर , निलम कुमार गर्वुजा पुन मगर र मधुराम राना मगरले सहयोग गर्नुभएको जनाईएको छ ।