कतारमा पल, टङ्क र स्मारिकाले इद धमाकामा प्रस्तुति दिने

  • १२ चैत्र २०८१, बुधबार
  • 135 पटक पढिएको

चर्चित नायक तथा मोडल पल शाह कतार आउने भएका छन् ।‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा आयोजनाको घोषणा गरेको नेपाली इद धमाका– २०२५ मा साङ्गीतिक प्रस्तुति दिन नायक पल सँगै गायक, सर्जक टङ्क तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउन लागेको कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले जानकारी दिए ।

कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका केही कलाकारहरूले समेत साङ्गीतिक प्रस्तुति दिनेछन् । आयोजकले कार्यक्रमका कम्तीमा २५ वटा टिकट बिक्री गर्ने संस्था वा व्यक्तिलाई एउटा विशेष पास, ५० भन्दा बढी बिक्री गर्नेलाई सिल्भर स्पोन्सर, १ सय बेच्नेलाई गोल्डेन, १ सय ५० टिकट बेच्नेलाई प्लाटिनम र २ सय भन्दा बढी टिकट बेच्नेलाई डाइमण्ड स्पोन्सरको रूपमा वर्गीकरण गरी राखिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुने नेपाली महिलाहरूका लागि कार्यक्रमको मेकअप पार्टनर हर्मोषा ब्युटी पार्लरले ३१ मार्चबाट लागू हुने गरी ४५ दिन भित्र टिकटको अर्धकट्टी लिएर गएमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । प्रवेशका लागि ५०, एक सय र संयुक्त परिवारका लागि पाँच सय रियाल शुल्क लाग्ने कार्यक्रममा आउन जानको लागि विभिन्न ठाउँबाट यातायातको सुविधा पनि रहने आयोजक संस्था तथा कार्यक्रमका म्यानेजर राकेश श्रेष्ठले जानकारी दिए ।