म्याग्दी समाचार

जहाज दुर्घटनामा २१ जनाको शव भेटियो, १० जनाको शव काठमाडौँ लगियो

म्याग्दी १६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शब फेला परेकोमा १० जनाको शव अहिले काठमाडौँ पु¥याइएको छ । २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा ल्यापटप हस्तान्तर तथा पुरस्कार वितरण र जनप्रतिनिधिलाई स्वागत

म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरि विद्यालयलाई प्राप्त सहयोग सामाग्री हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा र गाउँपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।... पुरा पढ्नुहोस

बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न (तस्विर)

बेनी, १६ जेठ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो । बेनी... पुरा पढ्नुहोस

छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान

अष्टेलिया १६ जेठ । छन्त्याल परिवार अष्टेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचित भएका छन् । आइतबार एक कार्यक्रमका बीच बुद्धिमान सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । परिवारको उपाध्यक्षमा धन छन्त्याल र सँगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमा विशाल छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल र सहकोषाध्यक्षमा विकास छन्त्याल चुनिएका छन्... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा आईतबार पनि विद्यालय खोल्ने निर्णय

म्याग्दी, १६ जेठ । मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय गरेको हो । मालिका गाउँ... पुरा पढ्नुहोस

मुस्ताङको कोरला नाकामा बन्दरगाहा बनाइने

मुस्ताङ १७ जेठ । सरकारले मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/८०को बजेट व्यक्तव्य प्रस्तुत गर्दै मित्रराष्ट्र चीनसँग भएको पारवहन सम्झौता बमोजिम उपलब्ध नाकालाई उपयोग गर्दै तेस्रो मुलकसम्मको पहुँचलाई थप सहज बनाइ अन्तर्राष्ट्रिय व्यापार... पुरा पढ्नुहोस

तारा एयरको जहाज दुर्घटना : १४ जनाको शव भेटियो

जोमसोम १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् । अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताए । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए । आइतबार... पुरा पढ्नुहोस

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

बेनी, १६ जेठ । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका कारण डायलाइसीस र मृगौला प्रत्यारोपणका लागि समस्या परेको हो । २०७८ जेठमा ओमानमा कार्यरत रहँदा दुवै... पुरा पढ्नुहोस

कोबाङको सानुसरेमा दुर्घटना ग्रस्त अवस्थामा तारा एयरको विमान ( तस्वीर)

मुस्ताङ, १६ जेठ ।आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासीको टोलीले मुस्ताङको कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । दुर्घटनामा परेको विमान क्षतविक्षत अवस्थामा छ । आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना... पुरा पढ्नुहोस

भेटियो हराइरहेको तारा एयरको विमान कोबाङको सानुसरेमा क्षतविक्षत अवस्थामा भेटियो

मुस्ताङ, १६ जेठ । आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार... पुरा पढ्नुहोस