म्याग्दी समाचार
प्रकाश माविद्वारा आयोजित विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम
- 2 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
म्याग्दी ८ पुस । बेनीको प्रकाश माविले आयोजना गरेको विज्ञान प्रदशर्नी प्रतियोगितामा बेनी वोर्डिङ सेकेन्डरी स्कुल प्रथम भएको छ । विद्यालयको ७० औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार आयोजित अन्तरमावि स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रकाश मावि द्वितिय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोईन्ट आवासीय मावि तृतिय र फर्से धाईरिङ... पुरा पढ्नुहोस
भीरको डिलमा घर (फोटो फिचर)
- 2 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी ८ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँको पुछारमा भीरको डिलमा रहेको एक घर । पहाडी क्षेत्रमा भीरको नजीक देखि पाखामा नै परम्परागत रुपमा बस्ती बसेको देखिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
तातोपानी कुण्ड जान कालीगण्डकीमा अस्थायी काठेपुलको भर
- 2 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी, ८ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जाने पर्यटक र उपचारका लागि जाने विरामीहरुले कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जानका लागि झोलुङ्गे पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग... पुरा पढ्नुहोस
मुस्ताङमा फस्टाउँदै आलुखेती
- 2 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
मुस्ताङ ८ पुस । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी... पुरा पढ्नुहोस
मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न
- 2 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी, ८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु
- 2 बर्ष, 6 महिना अगाडि
- ७ पुष २०७९, बिहीबार
बेनी, ७ पुष । जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला... पुरा पढ्नुहोस
बास्कुनामा सुन्तला खेतीबाट स्थानीयबासीकाे जीवनस्तर फेरियो (तस्बिर /भिडियाे)
- 2 बर्ष, 6 महिना अगाडि
- ७ पुष २०७९, बिहीबार
कमल खत्री म्याग्दी ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दिर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागत रुपमा गर्दै आएको खाद्यखेतिबाली छाडेर नगदेबालीको रुपमा खेतवारीमा व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै विक्रि हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरि... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार अनुगमन
- 2 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०७९, बुधबार
दरबाङ ६ पुस । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ । होटल ,खाद्य... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा वडामै पुगेर योजना सम्झौता
- 2 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०७९, बुधबार
म्याग्दी, ६ पुष । भौगोलिक रूपमा दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६... पुरा पढ्नुहोस
जन्मगाउँको सामाजिक क्षेत्रमा शिला थापाद्धारा रु ११ लाख बढी सहयोग
- 2 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०७९, बुधबार
म्याग्दी ६ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएकी शिला थापाले जन्मगाउँको पूर्वाधार विकास र सामाजिक क्षेत्रमा रु ११ लाख बढी सहयोग गर्नुभएको छ । आफ्नै व्यक्तिगत लगानीमा निर्माण भएको धुले मेला लगाउने उलेना खेलमैदानको स्टेज भवनको उद्घाटन गर्न आउनुभएकी थापाले गाउँको सामाजिक क्षेत्रमा... पुरा पढ्नुहोस