भेटियो हराइरहेको तारा एयरको विमान कोबाङको सानुसरेमा क्षतविक्षत अवस्थामा भेटियो

  • १६ जेष्ठ २०७९, सोमबार
  • 785 पटक पढिएको

मुस्ताङ, १६ जेठ । आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् ।


नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।
तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।