बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न (तस्विर)

  • १६ जेष्ठ २०७९, सोमबार
  • 719 पटक पढिएको

बेनी, १६ जेठ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो ।

बेनी संजिवनी हेल्थ क्लिनिक र निको डक्टर्स डेन्टलको प्राविधिक सहयोगमा आयोजित शिविरको म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले उद्घाटन गर्नुभएको थियो । उहाँले जेसीजले युवाहरुको नेतृत्व र क्षमता विकास संगै सामाजिक कार्यहरुमा गरेको योगदान प्रसंशनीय रहेको बताउनुभयो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले जेसीज सप्ताहको अवसरमा आँखा परिक्षण शिविर, सार्वजनिक भाषणकला तालिम, जनप्रतिनिधिलाई सुझाब संकलन, मावि तहका विद्यार्थीहरुबिच लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत समावेश गरिएको जानकारी दिनुभयो ।

शाखा अध्यक्ष खत्रीको अध्यक्षता, कोषाध्यक्ष सुमन बानियाँको स्वागत र कार्यकारीणी उपाध्यक्ष एवम कार्यक्रम संयोजक कुमार बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगायतको समेत उपस्थिति रहेको थियो ।