तारा एयरको जहाज दुर्घटना : १४ जनाको शव भेटियो

  • १६ जेष्ठ २०७९, सोमबार
  • 555 पटक पढिएको

जोमसोम १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।


अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताए । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमालस्थित सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको हो। जहाजमा ३ चालक दलका सदस्य र १९ यात्रु सवार थिए।