कोबाङको सानुसरेमा दुर्घटना ग्रस्त अवस्थामा तारा एयरको विमान ( तस्वीर)

  • १६ जेष्ठ २०७९, सोमबार
  • 801 पटक पढिएको

मुस्ताङ, १६ जेठ ।आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासीको टोलीले मुस्ताङको कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । दुर्घटनामा परेको विमान क्षतविक्षत अवस्थामा छ । आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका थिए ।

जहाजमा पाइलट प्रभावकर घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन् । जहाजमा दुई जर्मन नागरिक,चार भारतीय र १३ नेपाली यात्रु रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । मौसम खराबीका कारण बेपत्ता जहाजको खोजिकार्य प्रभावित भएको थियो । विहानै गोठाला, यार्सागुम्बा खोज्न पुगेका स्थानीय र खोजी तथा उद्धारमा खटिएको टोलीले विमानलाई दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका हुन् ।
तस्वीर सौजन्य शुसिल थकाली , सचिब नेपाल पत्रकार महासंघ मुस्ताङ