म्याग्दी समाचार

रघुगंगामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबारे गाउँपालिकाको केन्द्र मौवाफाँटको सभाहलमा आयोजित अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्नाम प्रथम भएको हाे । त्यस्तै प्रतियोगितामा माध्यमिक विद्यालय... पुरा पढ्नुहोस

जिल्ला भलिवल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ

म्याग्दी, २ असार। जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ निर्वाचित भएका छन् । बेनीमा बिहिबार भएको संघको ५औं अधिवेशनबाट भलिबल प्रशिक्षक बानियाँको नेतृत्वमा संघ गठन गरिएको हो । संघको उपाध्यक्ष रहेका बानियाँ यस पटक अध्यक्ष भएका हुन । संघमा निरन्तर आवद्ध रहेर बानियाँले जिल्लाको भलिवल खेलको विकासका निम्ती महत्वपुर्ण... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता

म्याग्दी १ असार । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गरएको छ । यसैगरी  नेपाली काँग्रेसले प्रमुखमा मनकुमारी विक र... पुरा पढ्नुहोस

खारा–खाम्ला सडकको मार्ग खुल्यो

म्याग्दी ३१ जेठ । जिल्लाको मालिका गाउँपालिका–७ खाराबाट धवलागिरि गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् । म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी,... पुरा पढ्नुहोस

बाँझो जग्गा उपयोगमा ल्याउन घरेलु उद्योग महासंघको माग

म्याग्दी ३० जेठ । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतियोग्य तर बाँझो रहेका जग्गाको पहिचान गरि बेरोजगार युवा परिचालन गरेर... पुरा पढ्नुहोस

रघुगङ्गामा सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाह : ‘सफ्टवेयरबाट रसिद’

म्याग्दी ३० जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने गरेको हो । सूचना... पुरा पढ्नुहोस

बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै

म्याग्दी, २९ जेठ । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो । ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको... पुरा पढ्नुहोस

बेनीमा किशोरी सम्मेलन

बेनी, २९ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन गरिएको छ। संगम म्याग्दीको आयोजना र गल्स फस्ट फन्टको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मलेन भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दीको धवलागिरी गाउँपालिकाको ११ वटा स्कूल, बेनी नगरपालिकाको ९ वटा स्कुल र तनहु,... पुरा पढ्नुहोस

हङकङका लागि पर्यटन दूतमा म्याग्दीका प्रकाश पुन नियुक्त

म्याग्दी, २८ जेठ । म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन... पुरा पढ्नुहोस

बेगखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी २८ जेठ । बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत आवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८०... पुरा पढ्नुहोस