विशेष

जन्मदिनको अबसरमा रोकाद्धारा बिद्यार्थीलाइ सहयोग

म्याग्दी ३ फागुन । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ रु ३ हजार प्रदान... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । बेनीको खुल्ला मञ्चमा कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

मंगलामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित)

म्याग्दी १ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर मावि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो ।... पुरा पढ्नुहोस

धौलागिरीमै पहिलो पटक म्याग्दीको टोड्केमा लाइभ पेन्टिङ हुने

म्याग्दी २८ माघ । धौलागिरी क्षेत्रमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट (ललीतकला) गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक्रम... पुरा पढ्नुहोस

दिपक मावि पात्लेखेतलाई गर्बुजाको सहयोग

समिर रोका म्याग्दी २८ माघ । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको... पुरा पढ्नुहोस

दिवंगत हस्त गर्वुजा दम्पतीको स्मृतिमा नेकपा रघुगंगा गाउँकमिटिद्धारा श्रद्धाञ्जली सभा

म्याग्दी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई ललितपुरमा बसोबास गर्दै आएर गत माघ १५ गते दिवंगत हुनुभएका दम्पती हस्त र नेत्रकुमारी गर्वुजा (थापा) को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी रघुगंगा गाउँकमिटिको आयोजनामा मंगलवार दिवंगत दम्पतीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो । ललितपुर–१४... पुरा पढ्नुहोस

रत्नेचौरमा एक करोड लगानीमा पशुपालन फार्म सञ्चालन

बेनी, २७ माघ । म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा एक युवाले करोड बढी लगानीमा पशुपालन सुरु गर्नुभएको छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारिलाई बिट पार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन फार्म सञ्चालनमा ल्यउाउनुभएको हो । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैंसी र जर्सी... पुरा पढ्नुहोस

मौसमी र बेमौसमी फलफूल तथा तरकारी बेचेर बार्षिक ४ लाख आम्दानी

म्याग्दी, २६ माघ । पौरख र परिश्रम गरे स्वदेशमै कृषि खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका दम्पती इन्द्रबहादुर र सुनिता भण्डारीले दिएका छन् । ब्यवसायिक रुपमा मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । ब्यवसायिक... पुरा पढ्नुहोस

मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

म्याग्दी २३ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा फागुन १ गतेदेखि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । मंगला गाउँपालिकाको मुल आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियागिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका मावि तहसम्म पठनपाठन हुने विद्यालयहरुले सहभागीता जनाउनेछन्... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुदै

म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन २ देखि ४ गतेसम्म हुने भएको छ । बेनी नगरपालिकाको मुल आयोजनामा नगरपालिकाभित्र रहेका माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा... पुरा पढ्नुहोस