दिवंगत आफन्तको स्मृतिमा विद्यालयमा प्रवेशद्धार निर्माण

  • ६ फाल्गुन २०७७, बिहीबार
  • 1326 पटक पढिएको

म्याग्दी ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका –३ महतारेका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा स्थानीय हिमालय आधारभुत विद्यालयमा प्रवेशद्धारा निर्माण गर्नुभएको छ । विद्यालयको भवन निर्माण समितिका अध्यक्ष समेत रहनुभएका शान्त बहादुर भण्डारीको दिवंगत पत्नी उजेली भण्डारीको स्मृतिमा उहाँका परिवारले रु १ लाख ६६ हजार लगानीमा विद्यालयको मुख्य प्रवेशद्धार निर्माण गरिदिनुभएको हो ।


भण्डारीका छोराहरु लक्ष्मण, राजीन र रामजी भन्डारीले दिवंगत आमाको सम्झनामा उक्त प्रवेशद्धार निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवालले जानकारी दिनुभयो । यसैबिच विद्यालयले निर्माण गर्न लागेको कम्प्युटर ल्याब र स्मार्ट पुस्तकालयको लागि अमेरिकामा रहनुभएका कलेजाबाङ निवासी सोचिन्द्र भण्डारीले रु २० हजार सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।