नेकपा (प्रचण्ड–नेपाल) को जिल्ला सचिवमा सुवेदी चयन

  • १० फाल्गुन २०७७, सोमबार
  • 2336 पटक पढिएको

म्याग्दी १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन गरेको हो । सुवेदी यसअघि नेकपा म्याग्दीको कार्यालय सदस्य हुनुहुन्थ्यो ।

पार्टी एकता अघि तत्कालिन नेकपा एमालेको सचिब समेत भैसक्नुभएका नेता सुवेदी पार्टीको प्रचार विभाग प्रमुख समेत हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित अबस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पार्टी विभाजन भएपछि प्रचण्ड(माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो । यस समुहले पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।