म्याग्दी क्याम्पसले विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने

  • ११ फाल्गुन २०७७, मंगलवार
  • 1373 पटक पढिएको

म्याग्दी, ११ फागुन । बेनीमा रहेकाे म्याग्दी बहुमुखी क्याम्पसमा अब नयाँ पढ्न जाने विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने भएको छ । क्याम्पसमा सोमबार पत्रकार सम्मेलन गरेर क्युएए प्रमाणपत्र लिने बेलामा पेश गरेको शैक्षिक सुधार कार्ययोजना अनुसार पहिलो पटक प्रवेश परिक्षा लिएर मात्र विद्यार्थीलाई भर्ना गर्ने तयारी गरिएकाे जानकारी दिइएकाे  हो ।

विश्व विद्यालय अनुदान आयोगबाट गत बर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर (क्युएए) प्राप्त गरेको क्याम्पसले विद्यार्थीको क्षमता पहिचान, छनौट, कुन बिषय पढ्न विद्यार्थी सक्षम छन जस्ता कुराकाे पहिचान र बिचमा नै क्याम्पस छोड्ने विद्यार्थीको संख्यामा कमी ल्याउनका लागि प्रवेश परिक्षा लिन लागेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए ।

स्नातक तहको शिक्षा, व्यवस्थापन र मानविकी संकायमा भर्ना हुने विद्यार्थीहरुलाई यही फागुन १८ गते देखी २५ गते सम्म प्रवेश परिक्षा लिने र सोही दिन नतिजा प्रकाशन गरिने क्याम्पस प्रमुख जिसिले बताए । यस बर्ष व्यवस्थापन संकायमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाउने तयारी गरिएको क्याम्सपले जनाएको छ । शिक्षा शास्त्र संकायमा भर्ना हुने विद्यार्थीले २.१ जिपिए भन्दा माथी प्राप्त गर्नुपर्ने छ ।

बर्षमा ३ पटक आन्तरिक परिक्ष लिन थालेको क्याम्पसले स्नातक तहमा विद्यार्थी उर्तिण दर बढेको क्याम्पसको भनाई छ ।  उतिर्ण दर यस बर्ष बढेर ३४ प्रतिशत पुगेको साहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए । ए प्ल ग्रेड ल्याएका विद्यार्थीले स्नातक तहमा निशुल्क भर्ना गर्ने क्याम्पसले कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई आन्तरिक स्रोतबाट छात्रवृती दिदै आएको छ ।

क्याम्पसको भौतिक तर्फ कक्षा कोठाको सुधार गरेर दुई सय जना विद्यार्थीलाई नयाँ डेक्स बेन्चका व्यवस्था गरिएको, ३२ वटा क्यम्पुटर खरिद गरेर ल्याब स्थापना गर्न फनिचरको काम भैरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । उनका अनुसा बेनी नगरपालिका मार्फत मञ्च र स्थानीय पूर्वधार साझेदारी कार्यक्रमबाट छात्रबासको भवनाको तला थप गर्न लागिएको छ ।