मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)

  • ९ फाल्गुन २०७७, आईतवार
  • 1173 पटक पढिएको

म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

 

जिल्लामा उच्च स्थानमा रहेका धार्मिक पर्यटकीय स्थलहरुमध्येमा प्रख्यात रहेको मालिका धुरीको पर्यटन प्रर्वद्धनका लागि लायन्स क्लब अफ बेनी पिस सिटीले शनिवार हाईकिङ (पदयात्रा) गरेको छ । क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीद्धारा मालिका पदयात्रा गरिएको हो ।


उक्त पदयात्रामा विभिन्न क्षेत्रका २६ जनाको सहभागीता रहेको थियो । बेनीबाट सवारी हुँदै गएको टोली मालिका गाउँपालिका–७ बिमको धौलाधुरीबाट पदयात्रा सुरु गरेका थिए । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेका यस क्षेत्रको धार्मिक र पर्यटकीय सम्भावनाको उजागर गर्न कार्यक्रमले सघाउने अपेक्षा गरिएको मालिका मन्दिर समितिका अध्यक्ष छकप्रसाद पाईजाले जानकारी दिनुभयो ।