पर्यटन प्रवद्र्धन गर्न लायन्स क्लब बेनी पिस सिटीको मालिका हाईकिङ (फोटो फिचर)

  • ८ फाल्गुन २०७७, शनिबार
  • कमल खत्री
  • 1285 पटक पढिएको

म्याग्दी ८ फागुन । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनका लागि हाईकिङ (पदयात्रा) गरेको छ । क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीद्धारा मालिका पदयात्रा गरिएको हो । शुक्रवार र शनिवार गरि दुई दिनमा सम्पन्न उक्त पदयात्रामा विभिन्न क्षेत्रका २६ जनाको सहभागीता रहेको थियो । बेनीबाट सवारी हुँदै गएको टोली मालिका गाउँपालिका–७ बिमको धौलाधुरीबाट पदयात्रा सुरु गरेका थिए ।

जिल्लामा ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त क्षेत्रहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्ने अभियान अन्र्तगत मालिका हाईकिङ कार्यक्रम गरेको क्लबका अध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, क्लबले यस अघि मंगला गाउँपालिकाको चर्चित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता र धवलागिरि गाउँपालिकाको ताकमकोटमा समेत पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको यस मालिकाधुरी समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको छ । मालिका मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । धुरीबाट गुर्जा, चुरेन, धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।


मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेका यस क्षेत्रको धार्मिक र पर्यटकीय सम्भावनाको उजागर गर्न कार्यक्रमले सघाउने अपेक्षा गरिएको मालिका मन्दिर समितिका अध्यक्ष छकप्रसाद पाईजाले जानकारी दिनुभयो । मानविय सेवा र सामाजिक सेवा संगै जिल्लामा रहेका सम्भावनाहरुको उजागर गर्न क्लबको सक्रियतालाई बढाइएको र जिल्लाका सबै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिने क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । ‘‘ म्याग्दीको पर्यटन सम्भावनाको सिमा छैन, प्रचार प्रसार र पूर्वाधार अभाबले धेरै ठाउँहरु अहिलेसम्म पनि उजागर हुन सकिरहेको छैन, राज्यका निकायहरुलाई रचनात्मक सहयोगको लागि अभियान सञ्चालन गरको हौँ’’– शाक्यले भन्नुभयो ।


मनोरम प्राकृतिक वातावरणमा रमाउनसंगै आफ्नो मनोकाँक्षालाई पुरा गर्नका लागि पनि मालिकाधुरीको महिमा जोडिएकाले यस क्षेत्रको प्रचार प्रसारमा पदयात्राले रचनात्मक रुपमा प्रचार प्रसारमा टेवा पुग्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका पूर्व अध्यक्ष समेत रहनुभएका बिमका सामाजिक अभियन्ता दल शेरवुजाले बताउनुभयो । शुक्रवार पदयात्रा मार्फत मालिका पुगेको टोलीले शनिवार मालिका मन्दिरका समितिसंग समेत अन्र्तक्रिया गरेको थियो । यसैबिच क्लबले बिमको मालिका र फुलपाती आमा समुहलाई खाना पकाउने एक÷एक थान ग्याँस सेट सहयोग गरेको क्लबका सचिब सन्दिप खत्रीले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l