विशेष

पाण्डे दम्पतीको उपचारमा रु एक लाख सहयोग

म्याग्दी, ९ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डे दम्पतीको उपचारमा पोर्तुगल र कतारमा थप रु एक लाख सहयोग जुटेको छ । पोर्तुगलमा रहनुभएका अस्मिता भण्डारी र बिनोद भण्डारीले रु ५० हजार १२६ सहयोग गर्नुभएको छ... पुरा पढ्नुहोस

अखिल क्रान्तिकारीको अध्यक्षमा म्याग्दीका सुदिन पौडेलको उमेद्वारी

बेनी, ९ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्वकीय क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा म्याग्दीका पुर्व जिल्ला अध्यक्ष सुदिन पौडेल उमेद्वार बन्नुभएको छ । गत असोज १० देखि १४ गतेसम्म काठमाडौको किर्तिपुरमा भएको राष्ट्रिय सम्मेलन उमेर हदको बिवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । गत पुष १४ गते... पुरा पढ्नुहोस

गम्भिर स्वास्थ्य समस्याबाट जुधेका दम्पतीको उपचारमा अमेरिकाबाट रु १ लाख सहयोग

म्याग्दी ८ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा सहयोग जुट्न थालेको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा अमेरिकामा रहनुभएका रघुगंगा गाउँपालिका– २ सिजलगाउँका बिजय भण्डारी र... पुरा पढ्नुहोस

पशुपालन गर्न छाडेपछि बिक्न छाडे ठेका र मदानी

म्याग्दी  ८ माघ । माघको सुरुवातदेखि नै म्याग्दी सदरमुकाम बेनीमा ठेका र मदानी विक्रि गर्न आउनुभएका टीका चुदारा निरास बन्नुभएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने  कृषक दर्शकहरुलाई लक्षित गरेर बागलुङबाट ठेका र मदानी लिएर आउनुभएका चुदाराले सोचे अनुरुप सामान विक्रि गर्न सक्नुभएको छैन् । गाउँबाट... पुरा पढ्नुहोस

महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण (तस्बिर/भिडियाे)

  https://youtu.be/vEds0YjzDDY   म्याग्दीको मालिका गाउँपालिका– २ रुमकी ८५ बर्षिया कुमारी घर्तिले तानमा अल्लोको कपडा बुनेको हेर्न आउनेहरुको भिडभाड हुने गर्छ । बेनीको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सवमा मालिका गाउँपालिकाले राखेको स्टल परिसरमा बृद्ध अवस्थामा पुग्नुभएकी घर्तिले तानमा अल्लोको धागोबाट कपडा बुन्ने सीपलाई समेत प्रत्यक्ष रुपमा देखाइएको छ । ‘‘म... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाका पाँच सय ६७ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

लामाखेत, ७ माघ । पर्वतको जलजला गाउँपालिकाका पाँच सय ६७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । लामाखेतमा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २७ गतेसम्म जलजलामा एचपिभी खोप लगाउन लागिएको जानकारी गराइएको थियो । प्रदेश... पुरा पढ्नुहोस

गम्भिर स्वास्थ्य समस्याबाट जुधेका राजु–सिता पाण्डे दम्पतीको उपचारमा सहयोगका अपिल

गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा सहयोगको अपिल गरिएको छ । सिता पाण्डेको दुबै मृगौला फेल भएको छ भने उहाँका श्रीमान राजुको कलेजोमा खराबी आएर नियमित उपचार गराइरहनुभएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित... पुरा पढ्नुहोस

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

३ माघ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातीको मौलिक पोसाक भाडामा... पुरा पढ्नुहोस

आठौँ म्याग्दी महोत्सवको आकर्षणः कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन

म्याग्दी ३ माघ । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधवारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दुरीको ¥याफ्टिङ सञ्चालन गरिएको हो । नेपाल रिभर एक्सपोलर प्रा.लिसंगको सहकार्यमा जलयात्राको लागि ¥याफ्टिङ सञ्चालन... पुरा पढ्नुहोस

संस्कृतिको संरक्षण गर्न ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’

म्याग्दी  ३ माघ । म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो ।... पुरा पढ्नुहोस