समृद्ध धवलागिरी निर्माणमा मेरो साथ सहयोग रहन्छः राज्यमन्त्री गर्बुजा

  • १९ श्रावण २०८२, आईतवार
  • 1 पटक पढिएको

 

धवलागिरी गाउँपालिका समाज काठमाडौंद्धारा तारकेश्वर नगरगपालिको मनमैजुमा आयोजित तथा शहिद गंगलाल हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा संचालित जेष्ठ नागरिकहरुको लागि निःशूल्क मुटुरोग परिक्षण शिविर तथा धवलागिरी गाउँपालिकाद्धारा संचालित सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उर्जा,जलस्रोत तथा सिचाई राज्यमन्त्री माननीय खमबहादुर गर्बुजाले समृद्ध धवलागिरी निर्माणमा म्याग्दी जिल्लाको जनप्रतिनिधीको हैसिशतले आफ्नो पूर्णरुपमा साथ र सहयोग रहने बताउनु भयो । प्रत्येक गाउँ तथा वडाको विकास भएमात्र देशको समृद्धि हुने भएकोले त्यसको थालनी स्थानिय तहबाट गर्नु पर्दछ । यसको थालनी धवलागिरी गाउँपालिका समाज र यस पालिकाले गरेकोमा मेरो व्यक्तिगततर्फबाट र नेपाल सरकारकोतर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु भन्नु भयो । त्यसैगरी यो महान अभियानको थालनी संगै जेष्ठ नागरिकहरुलाई राजधानीमा आएर सामाजिक सुरक्षा भत्ताको नविकरण र निःशुल्क मु्टुरोगको परिक्षण गरी स्वास्थ्य सेवा प्रदान गरेकोमा आयोजक दुबै संस्था र कार्यकारी प्रमुख तथा बरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्ल सहित शहिद गंगलाल हृदयरोग केन्द्रलाई धन्यवाद प्रकट गर्नु भयो । आज संचालित शिविरमा जेष्ठ नागरिक सहित धवलागिरी गाउँपालिकाका जनप्रतिनिधिहरु तथा धवालगिरी गाउँपालिका समाज काठमाडौंका पदाधिकारी तथा सदस्यहरु समेत गरी १०६ जनाले स्वास्थ्य परिक्षण गराएका छन भने करिब १ सय जना जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको नविकरण गराएको आज साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यसैगरी सोहि पत्रकार सम्मेलनमा धवलागिरी गाउँपालिकाका प्रवक्ता दविन्द्र रोकाबाट धवलागिरी गाउँपालिका समाज काठमाडौद्वारा आयोजित “समृद्ध धवलागिरी गाउँपालिका निर्माणमा¨ जनप्रतिनिधिहरुको भूमिका र जनताको साहभागिता विषयक अन्तरक्रिया कार्यक्रम २०८२ मा कृषि,शिक्षा,उर्जा र पर्यटन विषयहरुमा विभिन्न व्यक्तिहरुले प्रस्तुत गर्नु भएको विचार र सम्भावनाहरुको बारेमा धवलागिरी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,सातै वडाका अध्यक्षहरु (सबै जनप्रतिनिधिहरु तथा प्रमुख प्रशासकिय अधिकृत) र काठमाडौंमा रहेका ७ वटै वडा समाजका प्रतिनिधिहरुबाट प्राप्त राय सुझाव र सल्लाहलाई ग्रहण गर्दै “समृद्ध धवलागिरी गाउँपालिका निर्माण¨ का लागि संकल्पित अवधारणाहरुलाई धवलागिरी गाउँपालिका समाज काठमाडौं र धवलागिरी गाउँपालिका (सबै जनप्रतिनिधिहरु) संयुक्त रुपमा कार्यान्वयन गर्ने गराउने गरी पारित गरिएको ८० बुँदे प्रतिवद्धता पत्रमा आयोजक संस्थाकोतर्फबाट धवलागिरी गाउँपालिका समाज काठमाडौंका अध्यक्ष लिलबहादुर पुन र धवलागिरी गाउँपालिकाकोतर्फबाट पालिका अध्यक्ष प्रेमप्रसाद पुनले सामुहिक हस्ताक्षर गरि एक एक प्रति आदान प्रदान गरियो । त्यसै क्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पनुले समृद्ध धवलागिरी निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट प्राप्त राय सुझावलाई शिरोधर गर्दै क्रमश कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अन्तरक्रिया कार्यक्रममा कृषि तथा पर्यटन विषयमा प्रोफेसर याम पुन, शिक्षाको विषयमा एञ्जल हर्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुन र उर्जाको विषयमा दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले प्रस्तुत गर्नु भएको थियो । समाजका अध्यक्ष लिलबहाद्र पुनको अध्यक्षतामा सम्मपन्न सो कार्यक्रमको संचालन सचिव मेजरमान छन्त्यालले र स्वागत वरिष्ठ उपाध्यक्ष यामलाल सुवेदीले गर्नु भएको थियो । सो विषयमा पालिकाका अध्यक्ष,उपाध्यक्ष र सातै वडाका अध्यक्षहरुले आप आफना धारणा राख्नु भएको थियो सो कार्यक्रमको सहजिकरण समाजका प्रमुख सल्लाहकार दिपबहादुर छन्त्यालले गर्नु भएको थियो ।