गुर्जाखानी केन्द्र भएर भूकम्प गयो, स्वास्थ्य चौकीको भवन चर्कियो
- २१ श्रावण २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दी, २० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो भूकम्प गएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का म्याग्दीका साथै बागलुङ र पर्वतमा समेत महसुस भएको थियो । भूकम्पको कारण गुर्जा स्वास्थ्य चौकीको भवन चर्किएको छ । एक्कासी जमिन नै हल्लीने गरी भूकम्पको धक्का महसुस भएको र अन्य मानविय र भौतिक क्षति नभएको गुर्जाका स्थानीय गुनराम छन्त्यालले जानकारी दिनुभयो । भूकम्प गएपछि पश्चिम म्याग्दीका स्थानीयहरु घर बाहिर निस्कीएका थिए ।