म्याग्दी समाचार

मुक्तिनाथ सहकारीको दशौ साधारणसभा

बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो । सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका क्रममा सेयर सदस्यले... पुरा पढ्नुहोस

राष्ट्रिय माविमा एकल नृत्य प्रतियोगिता तथा बृहत खेलकुद कार्यक्रम

  म्याग्दी,५ असोज । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमक विद्यालयमा जिल्ला स्तरिय अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता तथा बृहछ खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल तथा धौलागिरि बाल क्लबको संयुक्त आयोजनामा सञ्चालित सप्ताह व्यापी खेलकुद कार्यक्रम दर्जन भन्दा बढी विधा खेलहरु सञ्चालन गरिएको... पुरा पढ्नुहोस

सुरु भयो बडादसैं: आज घटस्थापना, उत्तम साइत ९:४१ बजे

म्याग्दी,५ असोज । यसपालिको बडादसैं आजबाट सुरु भएको । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । साइत  धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको... पुरा पढ्नुहोस

कस्तुरी सहकारीद्धारा महिला मैत्री भवन निर्माणका लागि २० हजार सहयोग

म्याग्दी, ४ असोज । सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागको महिलामैत्री भवन निर्माणका लागि २० हजार ५सय ५५ रुपैयाँ सहयोग गरेको छ । सहकारीको नवौँ स्थापना दिवसका अवसरमा भवन निर्माणमा सो सहयोग गरेको हो । स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच... पुरा पढ्नुहोस

लिटिल गार्डेनले मनाएको १४ औ वार्षिक उत्सव र अभिभावक दिवस

  म्याग्दी, ४ असोज । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको... पुरा पढ्नुहोस

सवारी चेकजाँचमा कडाई

म्याग्दी, ४ असोज । चाडपर्वको समयमा सवारी साधन बढी आवाजजावात हुने र मधिराजन्य पदार्थ सेवन गरि सवारी चलाउदाँ दुर्घटना बढ्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले चेकजाचँमा कडाई गरेको हो । चाडपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चेकजाँचमा सक्रियता देखाएको हो । चाडपर्वको समयमा सम्भावीत सवारी दुर्घटना न्युनीकरण गर्ने... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा कार्की चयन

म्याग्दी, ४ असोज । काठमाण्डौमा बसोबास गर्ने काँग्रेस सुभेच्छुकहरुको संस्था नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा चित्र कार्की चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा ३४ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कमानसिंह पुन, उपाध्यक्षमा प्रदीप श्रेष्ठ, मोहन छन्त्याल, शिव केसी,... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रद्धारा रघुगंगा गाउँपालिकामा संगठन विस्तार तिब्र

म्याग्दी, ४ भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले स्थानीय तहहरुमा पार्टीको संगठन विस्तार तथा सम्मेलनलाई तिब्रता दिएको छ । अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–२ र ३ मा गाउँ सम्मेलन सम्पन्न गरेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनबाट नरबहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा... पुरा पढ्नुहोस

कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न

म्याग्दी, ३ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका... पुरा पढ्नुहोस

बेनीमा पनि संबिधान दिवस मनाइयो

  म्याग्दी, ३ असोज । बेनीमा पनी मंगलबार विभिन्न कार्यक्रम गरेर तेस्रो संबिधान दिवस मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकालीएको थियो ।... पुरा पढ्नुहोस