लगातार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि वेष्ट पोईन्टको खुशियाली

  • २१ फाल्गुन २०७४, सोमबार
  • धिरन खत्री
  • 2709 पटक पढिएको

 


म्याग्दी, २१ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि सदरमुकाम बेनीमा बजार ¥याली गर्दै खुशियाली मनाएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो । यसअघिका तिन वटा प्रतियोगिता जितेर रनीङ शिल्ड आफ्नो बनाएको थियो । मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १९० अंक प्राप्त गरी वेष्ट पोईन्ट बिजयी भएको थियो । प्रतियोगितामा प्रथम हुदै वोष्ट पोईन्टले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित ९५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको थियो ।

विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धामा वेष्ट पोईन्टले धेरै विधामा आफ्नो कब्जा जमाएको थियो । सो प्रतियोगितामा विजयी खेलाडीलाई सम्मान गदै बाजागाजासहित बजार ¥याली गराएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l