ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीबाट रु १२ लाख सहयोग संकलन

  • २० फाल्गुन २०७४, आईतवार
  • कमल खत्री
  • 2128 पटक पढिएको

म्याग्दी, २० फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीहरुले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका विरामी व्यक्तिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको रु १ करोड ५० लाख रकमको अक्षयकोषको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा सो रकम संकलन भएको हो ।


मोना जापानको आयोजनामा टोकियोमा आईतवार आयोजित भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घार घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका ददीलाल खड्काले व्यक्तिगत रुपमा रु २ लाख १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
जापानमा सफल व्यवसायिको रुपमा चिनिदै आउनुभएका समाजसेवी खड्काले ओमकुमारी शान्ति कोषले जिल्लामा रहेका आर्थिक विपन्नतामा परेका व्यक्तिहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको बताउनुभयो ।
सो क्रममा मोना जापानका बरिष्ट उपाध्यक्ष दिपक केसीले समेत अक्षयकोष स्थापनार्थ रु १ लाख ११ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो भने यस अघि मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले रु ५२ हजार सहयोग प्रदान गरिसक्नुभएको छ ।अक्षयकोष निर्माणको लागि प्रवासमा रहेका म्याग्देलीहरु मार्फत सहयोग जुटाउने अभियान लिएर जापानमा पुग्नुभएका ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना जापानको पहलमा टोकियो र नागोयामा आयोजित कार्यक्रममा प्राप्त सहयोगले उत्साहित बनाएको बताउँदै सहयोगदाताहरुलाई आधार सहित धन्यबाद ज्ञापन गर्नुभएको छ ।


विपन्न बर्गका विरामीहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागिएको अक्षयकोषमा सहयोग जुटाउन सहयोग गर्ने मोना जापान, मोना क्षेत्रिय समिति नागोया र आर्थिक भौतिक र नैतिक रूपमा सहयोय गर्नु हुने व्यक्तिहरुलाई कोषले आभार प्रकट गरेको हो । ओमकुमारी शान्ति कोषको अक्षयकोषमा अहिलेसम्म रु ९० लाख बोल रकम मध्ये ५२ लाख नगद संकलन भैसकेको कोषले जनाएको छ ।मोना जापानका अध्यक्ष महेन्द्र बानियाँको अध्यक्षता र सल्लाहकार गणेश श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजे शाक्यको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कोषका अध्यक्ष शाक्यले संस्थाले हालसम्म गरेका कार्यहरु तथा आगामी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा मोना जापानका बरिष्ट उपाध्यक्ष दिपक केसी, मोनाको एसिया प्रशान्त संयोजक ददीलाल खड्का, एसिया प्रशान्त उपसंयोजक तारा कार्की, मोना जापानका सल्लाहकार तिलक मल्ल, महेन्द्र खड्का, मोनाका महिला संयोजक विष्णु बानियाँ, बागलुङ– गलकोट समाजका अध्यक्ष नरबहादुर थापा लगायतले कोषले विरामीहरुको उपचार लगायतको सामाजिक क्षेत्रमा खेलेको भुमिकाको उच्च प्रसंसा गरेका थिए भने मोना जापानका उपाध्यक्ष इन्द्रीरा गर्वुजाले कार्यक्रममा स्वागत गर्नुभएको थियो । 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l