म्याग्दी समाचार

भिमप्रसाद गौचनलाई मतदान नगर्न शिखबासीले किन गरे यस्तो अपिल ! (भिडियो सहित)

म्याग्दी, ५ मंसिर । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा काँग्रेस–राप्रपाको तालमेलबाट उम्मेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचनलाई मतदान नगर्न अपिल जारी गरिएको छ । बिगतमा भिप्रसाद गौचनबाट पिडित भएका र पिडितका परिवारहरुको तर्फबाट आईतवार बेनीमा पत्रकार सम्मेलन गर्दै बिगतमा म्याग्दीमा... पुरा पढ्नुहोस

जनमोर्चाको घरदैलो अभियान तिव्र

म्याग्दी, ५ मंसिर । राष्ट्रिय जनमोर्चा म्याग्दीले चुनाव प्रचार अभियान अन्तरगत सोमबार बेनी नगरपालीका ६ छाप र बगुवाखोलामा घरदैलो, पर्चा वितरण र जनभेटघाट गरेको छ । मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावलाई लक्षित गरेर प्रतिनिधीसभाका उमेद्वार फौजबहादुर कार्की (बिदुर), जिल्ला अध्यक्ष तथा समानुपातीक उमेद्वार छवी विश्वकर्मा र... पुरा पढ्नुहोस

क्षेत्रनम्बर दुईमा उम्मेदवार पुनको घरदैलो तिव्र

  म्याग्दी,५ मंसिर । म्याग्दीको प्रदेशसभा (ख) का वाम गठबन्धनका साझा उम्मेदवार नरदेवी पुन नेतृत्वको टोलीले सोमबार मंगला गाउँपालिकाको विभिन्न वडामा मतदाता भेटघाट र घरदलौ कार्यक्रम गरेको छ । मंगला–३ र ४ बराङ्जाको पखेर, खर्क, दह, धापुङ र बुकेनी गाउँमा घरदैलो, मतदाता भेटघाट गर्नुका साथै मतदाता शिक्षा दिएको टोलीले जनाएको... पुरा पढ्नुहोस

चुनावको मुखमा म्याग्दीमा नक्कली नोटको बिगबिगी

म्याग्दी, ४ मंसिर । आगामी हप्ता हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मुखैमा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ । गत शुक्रबार बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थामा (च २५) ४३६१३३ नम्बरको एक हजार रुपैयाको नक्कली नोट भेटिएपछि बिगबिगी बढेको हो । जिल्ला प्रहरी कार्यालयले नक्कली नोटको अनुसन्धान भैरहेको... पुरा पढ्नुहोस

वामगठबन्धनको राम्चेमा आमसभाः बेलायती पिआरवालाले म्याग्दीको विकास नगर्ने थापाको आरोप

म्याग्दी,४ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा संयुक्त चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधि सभाका उम्मेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले बेलायती पिआरवालाले म्याग्दीको विकास नगर्ने आरोप लगाउनुभयो... पुरा पढ्नुहोस

मोनाको आवरणमा राजनीति

  म्याग्दी, ४ मंसिर । विश्वका विभिन्न देशमा छरीएर रहेका म्याग्देलीहरुको साझा संस्था मानिदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राजनीतिमा मुछीएको छ ।मोनाको आवरणमा सो संस्थाका केही व्यक्तिहरुले म्याग्दीमा नेपाली काँग्रेसको चुनाव प्रचार गर्न थालेपछि स्वतन्त्र, साझा, सामाजिक र गैरराजनीतिक भन्दै आएको मोनाको भुमिकाप्रती प्रश्न उठेको छ । मोनाका... पुरा पढ्नुहोस

केडी फाउण्डेशनद्धारा विपन्न विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण

म्याग्दी, ४ म्याग्दी । म्याग्दीको मंगला गाउँपालीका १ हिदीमा रहेको सिद्धशान्ति माविका विपन्न विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगला गाउँपालीका २ सिमलचौरका युवा उद्यमी अशोक शर्माले स्थापना गर्नुभएको केडी फाउण्डेशनबाट २६ जना विद्यार्थीलाई झोला र पूर्व प्राथमिक तहका ९ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।... पुरा पढ्नुहोस

२८ औँ अन्तराष्ट्रिय वालदिवसको अवसरमा विद्यालयका बालबालिकालाई सुईटर वितरण

म्याग्दी,४ मंसिर । २८ औँ अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा बालमन्दिर विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई जाडोमा लगाउने सुईटर वितरण गरेर बालदिवस मनाएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा बालमन्दिर आधारभूत विद्यालयका १ देखि ५ सम्म पढ्ने ७० जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरि दिवस मनाएको हो । बालबालिका सुईटर... पुरा पढ्नुहोस

वामगठबन्धनको घराम्दी, टिकोट र औलगाउँमा चुनावी आमसभा सम्पन्नः जातीय रुपमा नबहकिन मतदातालाई थापाको आग्रह

म्याग्दी,३ मंसिर । आगामी मंसिर १० गते हुने निर्वाचनको मिति नजिकिएसंगै वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। आइतबार वामगठबन्धनले प्रदेश क्षेत्र नम्बर १ को अन्नपुर्ण गाउँपालिकाको घराम्दी, टिकोट र औलगाउँमा चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधि सभाका उम्मेद्वार भुपेन्द्र थापाले कोहीपनि जातीय आधारको नारामा... पुरा पढ्नुहोस

जन्म दिनका अवसरमा सरस्वती आधारभूत विद्यालयका ६५ जना बालबालिकालाई सुईटर वितरण

म्याग्दी,३मंसिर । छोरीको जन्म दिनको अवसरमा बेनी नगरपालिका ७ हुलाकचोकका श्रेष्ठ परिवारले एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन् । बेनी नगरपालिका ७ हुलाकचोकका स्थायी वासिन्दा एवम म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ र उहाँको धर्मपत्नी जुनु उदास श्रेष्ठले आफ्नो छोरीको जन्मदिनको अवसरमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण... पुरा पढ्नुहोस

To Top