म्याग्दी समाचार
धौलागिरि हिमाल आरोहणमा विदेशी पर्यटकको मृत्यु
- 7 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७५, सोमबार
म्याग्दी,१७ बैशाख । धौलागिरि हिमाल आरोहणका लागि गएका विदेशी पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको... पुरा पढ्नुहोस
बेनी दरवाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप
- 7 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७५, सोमबार
म्याग्दी, १७ बैशाख । बेनी– दरबाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडक स्तरोन्नतीको लागि कडा चट्टान भएको ठाउँमा एक हप्ताको समयमा कटान नसकिएको हुदाँ जिल्ला प्रशासनमा आईतबार बसेको बैठकले समय थप गरेको हो । आईतबार बसेको जिल्ला समन्वय... पुरा पढ्नुहोस
महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७५, सोमबार
म्याग्दी, १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु... पुरा पढ्नुहोस
बेनी अस्पतालको भवन निर्माणमा ढिलाई
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बनी बजारमा रहेको तत्कालिन जिल्ला अस्पताल (हाल बेनी अस्पताल म्याग्दी)को कार्यालय परिसरमा बन्न लागेको आधुनिक सुविधासम्पन्न भवनको निमार्णकार्य सुस्त गतिमा हुँदा विरामीहरुले सास्ती खेप्न परेको छ । जिल्ला भित्र रहेको अस्पताल सुविधा सम्पन्न हुनुका साथै स्तरोन्नती हुनु आफैमा राम्रो भएपनि निर्माणकार्य सुरु भएको मितिले... पुरा पढ्नुहोस
सुशासन र सुरक्षालाई बलियो बनाउने प्रजिअ अधिकारीको प्रतिवद्धता
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी,१६ बैशाख । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सुशासन र सुरक्षालाइबलियो बनाउने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले जिल्लामा रहेको विकास निर्माणका योजनाको अनगुमन, प्रशासनिक सेवालाई गुणस्तरिय बनाउन आफुले निरन्तर लागि पर्ने समेत बताउनुभयो ।... पुरा पढ्नुहोस
विद्यालयलाई कम्युटर सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ वैशाख । मंगला गाँउपलिका–३ खर्कमा रहेको जनप्रिय आधारभुत विद्यालयलाई भुतपुर्व वेलायती सैनिक गिरीबहादुर थापा द्वारा ७० हजार रुपौयाँ मुल्य बराबरको दुई थान कम्युटर सहयोग प्राप्त भएको छ । आईतबार विद्यालयमा एक औपचारीक कार्यक्रमगरी थापाकी श्रीमती कौशिला थापा र भाई राजु थापाले विद्यालयलाई कम्युटर सहयोग गरेको विद्यायलका शिक्षक केपी... पुरा पढ्नुहोस
कालिगण्डकी नदीमा ब्यवसायिक ¥याफ्टिङको सम्भावना बलियो
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ बैशाख । कालिगण्डकी नदिमा टान पोखराको आयोजनामा शनिबार ¥याफ्टिङ गरिएको छ । कालिगण्डकी नदीमा ब्यवसायिक ¥याफ्टिङ यात्राको सम्भावना बलियो रहेको गाईडहरु बताउछन् ।¥याफ्टिङ ब्यवसायिक रुपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले रोजगारीको रुपमा विकास गर्न सकिने देखिन्छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
मृगौला पिडित घर्तिको परिवारले दिए सहयोगदातालाई धन्यबाद
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानकी मिर्गौला पिडित नरु घर्तिका घरपरिवारले सहयोगदाताहरुलाई धन्यबाद दिएका छन् । मिर्गौलाले काम नगरेपछि अस्पतालमा उपचाररत घर्तिलाई विभिन्न क्षेत्रबाट सहयोग जुटेको थियो । उनको उपचार गराउन गाउँ ,टोल,क्लब, देश तथा बिदेश देखी आर्थिक रूपमा सहयोग गर्नुहुने सहयोगदाताहरुलाई उनका श्रीमान रामप्रसाद घर्तिले धन्यबाद... पुरा पढ्नुहोस
एनसिसि बैंकको शाखा बेनीमा सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी,१६ बैशाख । म्याग्दीको बेनीमा एनसिसि बैंक ८८औँ शाखाको रुपमा सुरु गरिएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेड (एनसिसि बंैक) संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको उपस्थितमा आईतबार शाखालाई उद्घाट्न गरिएको हो । शाखालाई उद्घाटन गर्दै अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकको सेवा प्रवाह स्थानीय सरकारको समृद्धिको योजनालाई सफल बनाउने... पुरा पढ्नुहोस
६८ बर्षका पूर्वशिक्षकद्धारा १० बर्षिया बालिका बलात्कृत
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा पूर्वशिक्षकद्धारा दश बर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्व शिक्षक ६८ बर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गत मंसिर देखि विभिन्न समयमा बलात्कार गर्दै आएको खुलेको हो । पीडित बालिकाको स्वास्थ्यमा अस्वभाविक समस्या देखिन थालेपछि उक्त घटना... पुरा पढ्नुहोस