म्याग्दी समाचार

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार राती देखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी बर्षातसंगै बाह्गाउँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । बैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बुढापाकाहरुले बताएका छन् । करिब आधा फिट हिउँ जमेको र बिहान सम्म पनी... पुरा पढ्नुहोस

मल्कबाङमा जनजागृति माविको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप पुननिर्माण गरिएको जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४... पुरा पढ्नुहोस

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सामाग्रीसहित सम्मान

म्याग्दी, २६ बैशाख ।  म्याग्दीको बेनी नगरपालिका–८ को वडा कार्यालयको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरी सम्मान गरिएको हो । वडाका १० जना अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई डसना, सिरानी र बल्याङ्केट हस्तान्तरण गरी सम्मान गरिएको... पुरा पढ्नुहोस

सरकारलाई म्याग्दी अनेरास्ववियुको प्रश्न

म्याग्दी,२५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ क्षेत्रमा अन्य नागरिकहरुलाई प्रवेश निषेध गरिएकोप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले विरोध जनाएको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री मोदीको यात्रालाई सुरक्षित र भरपर्दो बनाउने नाममा सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएकोप्रति अनेरास्ववियुले मङ्गलबार सदरमुकाम बेनीमा... पुरा पढ्नुहोस

पात्लेखेतका पहिरोबाट विस्तापित ७ घरिपरिवारलाई सहयोग हस्तान्तरण

म्याग्दी,२५ बैशाख । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेतका पहिरोबाट विस्थापित ७ घरपरिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।  गत बर्षको बर्खमा गएको बाण्डे खानी पहिरो र पाखाखेत पहिरोबाट विस्तापित पहिरो पीडितहरुलाई राहत रकम हस्तान्रण गरिएको हो । बेनपा १० को वडास्तरिय विपत ब्यवस्थापन समितिको सक्रियतामा ४ लाख ९६ हजार राहत संकलन... पुरा पढ्नुहोस

गुर्जामा गरिएको पशु स्वास्थ्य शिविरबाट २७ सय पशुचौपायाको उपचार

म्याग्दी, २५ बैशाख । सेवा सुविधाको हिसावले म्याग्दीकै दुर्गम मानिने धवलागिरी गाउँपालिका –०१, गुर्जामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक सहयोग, जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । संगम म्याग्दी, हिमाली कृर्षि सहकारी संस्था गुर्जा र धवलागिरी गाउँपालिकाको... पुरा पढ्नुहोस

गलेश्वरमा १५ दिने योग शिविर सम्पन्न

म्याग्दी, २५ बैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा नियमित योग शिविर सुरु भएको छ । १५ दिन सम्म सञ्चालन भएको योग शिविरबाट प्रशिक्षक उत्पादन गरि नियमित रुपमै योग शिविर सञ्चालन गर्न लागिएको योग प्रशिक्षक निसा महतले जानकारी दिनुभयो । बेनीमा रहेको नविन आनन्दयोग केन्द्रको गलेश्वर शाखाको आयोजनामा भएको शिविरको मंगलवार... पुरा पढ्नुहोस

खिङ्गामा डेढ करोड लागतको वोधिसत्वा धार्मिक स्तुपा निर्माण हुने

मुस्ताङ काे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका खिङ्गामा डेढ करोड लागतको वोधिसत्वा धार्मिक स्तुपा निर्माण हुने भएको छ ।  एक समारोहकाबीच लामा आचार्य छोम्बेल र स्थानीय समाजसेवी रमेश गुरुङले संयुक्त रुपमा धार्मिक परम्परा अनुसार स्तुपाको शिलन्यास गरेका छन् । धार्मिक महत्व राख्ने उक्त स्तुपाका लागि स्थानीयकै सक्रियतामा आर्थिक सहयोग संङ्कलन सुरु भएको... पुरा पढ्नुहोस

म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५ मनाउन लागेका हौँः अध्यक्ष कर्माचार्य (भिडियो सहित)

म्याग्दी, २५ वैशाख । पर्यटकीय सम्भावनायुक्त म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेकाले म्याग्दी भ्रमण बर्ष... पुरा पढ्नुहोस

धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता

मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार... पुरा पढ्नुहोस