म्याग्दी समाचार

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा पुजा गरि फर्किए

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुजाआजा एवम दर्शन गरेका छन् । नेपाल भ्रमणको दोस्रो दिन शनिवार मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेका हुन् । मुक्तिनाथ परिसरमा रहेको हेलीप्याडमा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट... पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा ओर्लिए, बिशेष पुजामा सरिक हुँदै

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ आइपुगेका छन् । नेपाल भ्रमणको दोस्रो दिन मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेका हुन् । मुक्तिनाथ परिसरमा रहेको हेलीप्ण्डामा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट पैदल हिँडाएर मन्दिर पु¥याईएको छ । अब... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा पाखापानीमा सेवा केन्द्र राखेर सेवा दिन सुरु

म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर ६ पाखापानीमा सेवा केन्द्र राखेर जनतालाई सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि आवत जावत गर्न भौगोलिक विकटताको कारण समस्या भएपछि गाउँपालिकाले झिँ, पाखापानी र कुइनेमंगले क्षेत्रका नागरिकको सुविधाको लागि हरेक साताको शुक्रवार पाखापानीमा सेवा केन्द्र मार्फत सेवा... पुरा पढ्नुहोस

विदेशी सवारीलाई करको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र

म्याग्दी, २८ वैशाख । विदेशी सवारीसाधनलाई स्थानीय करको दायरामा ल्याउनुपर्ने मागसहित शुक्रबार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले विदेशी नम्बर प्लेटका गाडीहरु विना रोकतोक गुडिरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । नेपालको विभिन्न नाकाबाट विशेष गरी भारतीय नम्बर प्लेटका सवारीसाधनहरु सामान्य भन्सार... पुरा पढ्नुहोस

बेनीमा सडक मर्मत सुरु

बेनी २८ बैशाख । म्याग्दी सदरमुकाम बेनी बजारभित्रका सडक मर्मतको काम सुरु भएको छ । बेनी नगरपालिकाले बजार क्षेत्रको सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा मर्मत सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिसस कार्यालय गाडीको चोक, बालमन्दिर चोक, संगमचोक, हुलाकचोक, न्युरोड, गणेशटोल, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा... पुरा पढ्नुहोस

पर्वत बेनीमा ब्यवसाय दर्ता शिवीर सम्पन्न

बेनी २८ बैशाख । जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रबार ब्यवसाय दर्ता शिवीर सम्पन्न भएको छ । गाउँपालिका र पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको आयोजनामा दुई दिन सम्म सञ्चालन भएको शिवीरमा ७१ जनाले व्यवसाय दर्ता गरेका छन् । शिवीरबाट एक लाख ४२ हजार रुपैया राजस्व संकलन भएको गाउँपालिकाका सामाजिक... पुरा पढ्नुहोस

गलेश्वरमा भक्तजन आगमनसंगै भेटि समेत बढ्यो

बेनी २८ बैशाख । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा भक्तजन आगमनसंगै भेटी समेत बढ्दै गएको छ । पन्ध्र दिनमै साढे दुई लाख रुपैया भन्दा बढी भेटि संकलन हुन थालेको छ । बैशाख ४ देखि २७ गतेसम्म दुई लाख ६१ ह्जार रुपैया भेटि संकलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय... पुरा पढ्नुहोस

मोदीको स्वागतको लागि चिटिक्क प¥यो मुक्तिनाथ, सेताम्मे हिउँभित्रको मुक्तिनाथमा तयारी पुरा (फाेटाे फिचर

मुस्ताङ २८ वैशाख । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको साझा तिर्थस्थलको रुपमा चिनिने मुस्ताङको मुक्तिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी पुरा भएको  हाे। शनिवार विहान मुक्तिनाथमा हुन लागेको मोदीको धार्मिक भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाण्डौबाट हेलिकप्टर मार्फत मुस्ताङ आउने मोदीको स्वागतको लागि मुक्तिनाथ परिसर चिटिक्क परेको... पुरा पढ्नुहोस

सूचना केन्द्रको इन्टरनेट जडानका लागि मोना यूएईबाट ३० हजार सहयोग

म्याग्दी,२८ बैशाख । सदरमुकाम बेनीको कालीपुल बसपार्कमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रमा ईन्टरनेट जडानका लागि मोना युएईबाट ३० हजार आर्थिक सहयोग भएको छ । म्याग्दी भ्रमण बर्ष २०७५ लाई लक्षित गरेर जिल्लामा आउने पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको पर्यटन सूचना केन्द्रका लागि शुक्रबार मोना युएई( दुवै) का... पुरा पढ्नुहोस

गायत्री संगम युवा क्लबद्धारा मन्दिरलाई सहयोग

म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वरमा रहेको गायत्री संगम युवा क्लबले स्थानीय गायत्री मन्दिरलाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष कुमार तिलिजा, सचिब एकिन पुर्जा, कोषाध्यक्ष मन्जु पुर्जा लगायत क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले मन्दिरमा पुगेर रु २० हजार आर्थिक सहयोग गरेका हुन् । हालै घुमाउनेतालमा खेलकुद एवम... पुरा पढ्नुहोस