वनजंगल संरक्षणले पर्यटकियस्थल घोडेपानीमा खानेपानी प्रशस्त

  • २८ जेष्ठ २०७५, सोमबार
  • धिरन खत्री
  • 2464 पटक पढिएको


म्याग्दी, २८ जेठ । म्याग्दीको प्रमुख पर्यटकियस्थल अन्नपुर्ण गाउँपालिका – ६ पुनहिलमा आउने पर्यटकलाई लक्षित गरिएर संचालन गरिएको घोडेपानीका ब्यवसायीक होटलमा खानेपानीको अभाव छैन् । घोडेपानी होटल ब्यवसायीहरुले वरीपरि ठुलो लालीगुरासँको बनजंगल संरक्षण गर्नाले दैनिक रुपमा प्रयोग हुने पानी प्रशस्त पुगेको हो ।

होटल ब्यवसायी संचालकको सक्रियतामा घोडेपानी पुनहिलमा पर्यटकलाई थप आकर्षणका लागि विश्वको ठुलो लालीगुरासे वनजंगल संरक्षण भएसंगै घोडेपानीका होटलमा पानीको समस्या हटेको हो । भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने घोडेपानीका होटलमा सहरी क्षेत्र सरहको सुबिधा उपलब्ध छ । खान र बस्नको अतिरिक्त तिब्र गतिको ईन्टरनेट, एट्याच बाथरुम, तातो पानीले स्नान गर्ने सुबिधा छ । होटलका लागि एउटा पक्कि भवन निर्माणका लागि दुई देखि तिन करोड रुपैया सम्म लगानी गरि निर्माण गरिएको संचालक बताउछन् ।

१५ सय जना दैनिक बस्न सक्ने क्षमता रहेको घोडेपानीमा २२ ओटा पक्कि होटल संचालित छन् । भने नयाँ होटल थपिदै गएका छन् । होटलका लागि दैनिक रुपमा चाहिने खानेपानी तथा अन्य क्षेत्रका लागि आवश्यक पानीको समस्या बनजंगल संरक्षणले नरहेको घोडेपानी होटल ब्यवसायी समितिका पुर्व अध्यक्ष ओम पुनले बताए । समुद्रीसतह देखि २ हजार ८७४ मिटर उचाईमा रहेको घोडेपानीमा दिनहुँ ५ सय देखि १ हजार पर्यटकहरु पुनहिलमा सुर्य उदाएको हेर्न बेलुका त्यहाँ बस्न पुग्छन् ।

घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल र गुरासे जंगलको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानीमा हिमशृङखला, सुर्योदय, गुराँसे जंगल, मगर संस्कृती, पहाडी सौन्दर्यता र वन्यजन्तु र पेरीभारानी तालसंग रमाउन पर्यटक पदयात्रामा रमाउदै पुग्ने गर्छन ।
गुरासे बनजंगल संरक्षणले बन्यजन्तु बढेको हुदाँ घोडेपानीमा आउने पर्यटकलाई नजिकको वनजंगलमा पाईने बाघ भालु, चितुवा, रतुवा, मृग, कालिज लगायतका दृष्यहरुसंग रमाएर लामो समयसम्म बस्ने वातावरण बनाउने योजना रहेकोे पुर्व अध्यक्ष पुनले जानकारी दिए । पुनहिलमा पर्यटकहरुको चाप संगै घोडेपानीमा बैदेशिक रोजगारलाई छाडेर होटल तथा टुरिस गाइडले रोजगारीको बृद्धिसंगै ब्यवसायले आर्थिक अवस्था मजबुद गराएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l