छुवाछुतकै कारण ज्यान लिनेलाई कारबाहीको माग
- २८ जेष्ठ २०७५, सोमबार
- 2464 पटक पढिएको
म्याग्दी, २८ जेठ । कालिकोटमा जातीय छुवाछुत तथा भेदभाव गरि जनप्रतिनिधि मना सार्कीको हत्या भएको विरोधमा म्याग्दीका दलित अधिकारकर्मीले सरकारको ध्यानकर्षण गराएका छन् । संयुक्त दलित संघर्ष समिति म्याग्दीले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाउँदै छुवाछूतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा भएको अमानविय र क्रु्ररतापूर्ण घटनाले सिंगो दलित मुक्ति आन्दोलन माथि नै प्रहार भएको भन्दै सरकारको ध्यानकर्षण गराईएको छ ।
उक्त घटनाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान, जातीय भेदवाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ तथा दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई दिनदहाडै चुनौति दिएको भन्दै यस्ता दुखद, लज्जाष्पद घटनाप्रति सिंगो दलित मुक्ति आन्दोलनको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो विज्ञप्तीमा उक्त घटनाको विरोध र भत्र्सना गर्दै पिडितलाई न्याय र पिडकलाई कडा कारबाहीको माग गरिएको छ । कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका वडा नं.९, ढाटीकोट गाउँकी वर्ष ४५ की मना सार्की २०७३ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट नरहरिनाथ गाउँपालिका वडा नं. ९ बाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
। गत जेठ १९ गते मना सार्कीको हत्या भएको थियो । दलित अधिकारकर्मी बालकुमार लामिछाने, याम किसान, पदम विश्वकर्मा, बविता विश्वकर्मा लगायतले प्रजिअ लिलाधर अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । प्रजिअ अधिकारीले सो ज्ञापन पत्र सम्बन्धित निकायमा पठाईदिने प्रतिबद्धता जनाएका थिए । सार्वजनिक धारोमा छुवाछुतको भेदभाव गरि उनको हत्या भएको आरोपमा अहिले दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने घटनामा संलग्नलाई कडा कारबाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।
kada karwahi ko mag grad xu.