अष्टेलियाबाट आयत गरि बोयर जातका बाख्रा पालन (फाेटाे फिचर)

  • २७ जेष्ठ २०७५, आईतवार
  • 5160 पटक पढिएको

म्याग्दी २७ जेठ । म्याग्दीको बेनी नगरपालिका –९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधारको लागि अष्टे«लियाबाट उत्नत जातको बाख्रा आयात गरि ल्याउनुभएको छ । विगत ५ बर्षदेखि व्यवासायिक बा्रखापालन गर्दै आउनुभएका कृषक रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरि उन्नत बाख्रा उत्पादन गर्ने उदेश्यले अष्टे«लियाबाट २ वटा पाठी र २ वटा बोयर जातका बोका खरिद गरि आयात गरिएको बताए ।

उनका अनुसार, शुद्ध बोयर जातका ती बाख्राहरुलाई खरिद र आयातमा रु ९ लाख बढी लगानी भएको छ । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रा पालनको लागि ल्याईएका बोका र पाठीहरुबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । ‘‘यस अघि धार्के र सुर्खेतबाट ल्याईएका बोयरबाट स्थानीय जातमा क्रस गरि नश्ल सुधार गर्दै आएका थिँए, त्यसबाट ५० देखि ७५ प्रतिशत सम्म बोयरको नश्ल सुधार हुने गथ्र्यो, अब भने सतप्रतिशत बोयर उत्पादन हुन्छ,’’–कृषक रिजालले भने ।

अहिले क्रस गरि उत्पादन भएका बोयर बोका प्रतिकिलो रु २ हजार भन्दा बढी मुल्यमा विक्रि हुने गरेको छ । सतप्रतिशत शुद्ध बोयर बाख्राको मुल्य प्रतिकिलो ४ हजार बढी रहेको छ । छिटो तौल बढ्ने, मासु लाभदायी हुने र आम्दानी राम्रो हुने भएपछि पछिल्लो समय कृषकहरु बोयर बाख्रापालन तर्फ आकर्षित भएका छन् । शहरी क्षेत्रमा गर्दै आएको जागिर त्यागेर गाउँमै बाख्रापालन गर्नुभएका रिजालले सुरुवातमा ९ वटा बाख्राबाट व्यवसायिक बाख्रापालन सुरु गरेका थिए । उनले सञ्चालन गर्नुभएको धौलागिरि व्यवसायिक बाख्रा फार्ममा अहिले स्थानीय , बोयर र क्रस बोयर जातका ४३ वटा बाख्राहरु रहेका छन् ।

बार्षिक रुपमा रु ४ लाख बढीका बाख्रा विक्रि गर्दै आएका कृषक रिजालले आगामी दिनमा शुद्ध बोयर बाख्राहरुको मात्रै पालन गर्ने लक्ष्य लिएका छन् । सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोबढीको हुने गर्छ । कृषकहरुले एउटै बोकालाई ६० किलो भन्दा बढी तौल सम्म बनाएर विक्रि गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसंगैे फार्ममा लगानी समेत बढाउँदै लगेको कृषक रिजालले जानकारी दिए । रिजालले हालसम्म माउ बाख्रा खरिद, खोर निर्माण लगायतमा गरि २० लाख रुपैयाँ बढी लगानी गरेको बताए ।

बाख्रापालनको लागि उहाँले करिब ३० रोपनी जग्गामा जिल्ला बन कार्यालयको सहयोगमा रायोखन्यु, दुधेलो, किम्बु, टाँकी, निमारो लगायतको घाँसखेती समेत विस्तार गर्नुभएको छ । उहाँलाई जिल्ला पशु सेवा कार्यालयले समेत भुँइघाँस सहित आबश्यक प्राविधिक सहयोग गर्दै आएको छ । सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा छिटो शारीरीक वृद्धी, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी भएको र स्थानीय हावापानी अनुकुल भएकाले नेपालमा ब्यवसायीक कृषकहरुको बोयर जातका बाख्रा पालन तर्फ आकर्षण बढेको छ ।