म्याग्दी समाचार

एक्याप लोमान्थाङको स्थापना दिवस मनाईयो

मुस्ताङ, ३१ वैशाख । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ मुस्ताङले ३१ औं स्थापना दिवसको उद्घाटन समारोह ध्ये प्राङ्गण लोमान्थाङमा सम्पन्न गरेको छ । ध्ये प्राङगणबाट प्रभात फेरि सुरु भइ लोमान्थाङ बजारको परिक्रमा गरि सोही स्थानमा आइ औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लोमान्थाङ गाउँपालिकाका... पुरा पढ्नुहोस

मालिका डान्स आईडलको उपाधी मिनालाइ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवले आयोजना गरेको प्रथम मालिका डान्स आईडलको उपाधि पोखराकी मिना पुन मगरले जित्न सफल भएकी छिन् । आइडलमा सहभागीहरुलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उपाधीसँगै उनले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा बाढीको बितण्डा: घर पुरिए, खेतीयोग्य जमिन बगर बन्यो ( भिडियो सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको भिषण बषापछिको बाढीले करिब एक दर्जन घरहरुमा क्षती पुगेको छ । दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय नगेन्द्र गिरी र बालकृष्ण मिजार र देउरकुमारी शेरचन लगायतको घर पूर्ण रुपमा पुरिएको वडा अध्यक्ष ओम फगामीले बताउनुभयो... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

डाँडाखेत ३० बैशाख । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ । दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीलाई पर्यटन हव बनाउन म्याग्दीका सरोकारवालाको जोड ( फोटोफिचर)

बेनी,३० बैशाख । जिल्लाको पर्यटनसंगै रोजगारीको विकासका लागि म्याग्दीलाई पर्यटन हव बनाउन जिल्लाका सरोकारवालाले जोड गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को सुभारम्भ कार्यक्रममा बोल्ने जिल्लाका सरोकारवालहरुले यस्तो जोड दिएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ... पुरा पढ्नुहोस

तातोपानीमा बाढीले दुई घर पुरियो, आधा दर्जन बढी घरमा क्षती ( तस्बिर सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भिषण बषापछिको बाढीले २ घर पुरिएको छ दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय लटे गिरी र बालकृष्ण मिजारको घर पूर्ण रुपमा पुरिएको घटना स्थलमा रहनुभएका वडा सदस्य बिर बहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, भुरुङको... पुरा पढ्नुहोस

पर्यटनको माध्ययमबाट मुलुकमा विकास र समृद्धि सम्भव : पर्यटनमन्त्री अधिकारी

म्याग्दी, ३० वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनको माध्ययम मार्फत मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को बेनीमा सुभारम्भ गर्दै मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस

श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउछाै : मन्त्री पुन

म्याग्दी, ३० बैशाख । स्थानीय तहमा श्रम बजारको अवस्था हेरेर श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउने तयारीमा प्रदेश सरकारबाट आवश्यक पहल भएको मन्त्री पुनले बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ जिफ्न्ट नेपाल म्याग्दी शाखाको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनले श्रमिकको... पुरा पढ्नुहोस

म्याग्दी ‘भ्रमण बर्ष–२०७५’, सुरु (फोटो फिचर)

म्याग्दी, ३० वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहको अबसरमा बेनीमा... पुरा पढ्नुहोस

म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५’, आईतवार औपचारिक उद्घाटन हुँदै

म्याग्दी, २९ वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा... पुरा पढ्नुहोस