बाबियाँचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

  • १६ श्रावण २०७५, बुधबार
  • 2114 पटक पढिएको

म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीयतहको केन्द्रमाबुधबार एकैसाथ शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखाविस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटनपछि गाउँपालिका अध्यक्ष रोकाले क बर्गको बैंकको शाखा स्थापना भएपछि सरकारी कारोबारमा सहजहुने, स्थानीय उद्योगी, ब्यवसायीहरुलाई सुबिधापुग्ने र ग्रामिण क्षेत्रमा वित्तिय पहुँच स्थापित हुने अपेक्षा ब्यक्त गरे ।सबै स्थानीयतहमा क बर्गको बैंकको शाखाविस्तार गर्ने सरकारको लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन र सहमती अनुसार म्याग्दीका सबै स्थानीयतहमा शाखाविस्तार गरेको प्रभु बैंकको क्षेत्रीय कार्यालय पोखराका प्रमुख पेशल दाहालले बताए ।

यसअघि सदरमुकाम बेनी र मालिका गाउँपालिकाको केन्द दरवाङ बजारमाशाखा स्थापना गरीसकेको प्रभुले असार अन्तिम हप्ता धवलागिरी गाउँपालिकाको ताकम र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शाखाविस्तार गरेको दरवाङ शाखाका प्रमुख बिपीन चोखालले बताए ।

बाबियाचौर शाखा उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा न. २ का वडा अध्यक्ष धनबहादुर खाती, पोखरेबगर शाखा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल लगायतले मन्तब्य व्यक्तगर्नुभएको थियो ।