जलविद्युत आयोजनाले नारच्याङ्को विकाससंगै रोजगार

  • १८ श्रावण २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2062 पटक पढिएको

म्याग्दी १८ साउन । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा जलविद्युत आयोजनाको निर्माण कार्यले गाउँको सडक लगायतका पूर्वाधार विकासमा र स्थानीयबासीलाई आयआर्जनको लागि रोजगारी सिर्जना भएको छ ।हाईड्रो भिलेजको रुपमा चिनीएको नारच्याङमा हाल तिन वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । जलविद्युत आयोजनाले कालीगण्डकी र मिस्त्री नदीमा बेलिब्रिज हालेर नारच्याङलाई सडक सञ्जालसंग जोडेका छन् । जलविद्युत आयोजना निर्माणले गति लिएपछि नारच्याङबासीको जिवनशैलीमा परिवर्तन आएका छ । जलविद्युत आयोजनाले गाउँलाई सडकको सहज भएको छ। हाइड्राले कालिगण्डकी नदीमा मोटरेपुल बनेको छ मोटरबाटोले छोएको खेतबारी महंगीएको छ। भने जलविद्युत आयोजनाले सडक, मोटरेपुल र रोजगारी समेत सिर्जना गरेको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए ।


नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमत्ताको घलेम्दीखोला जलविद्युत आयोजनाले प्रभावीत क्षेत्रका बासिन्दाबाट सेयर संकलन सुरु गरेको छ । ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको पचास प्रतिशत भन्दा बढी भौतिक पूर्वाधारको काम सकिएको छ ।

१०० मेगावाटको निलगिरी र निलगिरी क्याक्सेट आयोजनाले निलगिरी हिमालको फेदीसम्म पुग्ने पहुँचमार्ग निर्माण गरिरहेको छ । घरखर्च जुटाउनकै लागि रोजगारीको खोजीमा महँगोमा ऋण लिएर खाडी मुलकुमा श्रम, पसिना बगाउन जानुपर्ने समस्याबाट मुक्ति पाएका छन् । वि.स २०४४ देखि दुई मेघावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा रहेको नारच्याङमा थप दश वटा आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । चिनीया लगानीकर्तासंग सम्झौता भएको १६४ मेगावाट क्षमत्ताको कालीगण्डकी गर्जको निर्माण स्थल समेत नारच्याङनै हो ।

 

नारच्याङ र उत्तरी म्याग्दी भएर बग्ने जलविद्युत आयोजना बाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रशारण लाईनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणले दानामा २२० केभी क्षमत्ताको सब स्टेशन र दाना–खुर्कोट प्रशारण लाईन निर्माण कार्यलाई तिब्रता दिएको छ । जलविद्युत आयोजनासंगै भित्रीएको विकासलाई दिगो बनाउन वातावरण संरक्षणमा पनी उत्तिकै ध्यान दिनुपर्ने स्थानीयबासीको माग रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l