ब्रर्दश फुड स्टेशन एण्ड क्याफे हस्पिटलचोकमा सुरु
- २० श्रावण २०७५, आईतवार
- 4237 पटक पढिएको

म्याग्दी, २० साउन । ग्राहकलाई मध्यनजर गदै रघुगंगा गाउँपालिका ३ कलेजबाङ र मौवाफाटका दुई युवाले सदरमुकाम बेनीको हस्पिटलचोकमा ब्रर्दश फुड स्टेशन एण्ड क्याफै संचालन गरेका छन् । ईश्वर भण्डारी र दिपक जिसिले ३० लाख लगानीमा सुविधा सम्पन्न फुड स्टेशन सुरु गरेका हुन् ।
पछिल्लो समय युवापुस्ताहरुलाई लक्षित गरेर ब्यवस्थित रुपमा नयाँ परिकारसंगै सेवासुविधाहरु लिएर स्टेशन सुरु गरिएको छ । सो स्टेशनबाट चिकन, मटन र भेज विरानी, फराई राईस, लगायतको अर्गानिक परिकारको स्वाद लिन सकिन्छ । साथै वाईफाई, होमडेलिभरी, फोटो सुट र जन्मउत्सवको पाटी समेत गर्न मिल्ने सुविधाहरु रहेको छ । प्राकृतिक मनोरम दृष्यसंगै स्वच्छ वातावरणमा बसेर म्युजिकसंगै सेवाहरु लिने ब्यवस्था रहेको प्रोपाईटर ईश्वर भण्डारीले बताए ।

पछिल्लो समय पलस २ पास गरेर विदेश जाने परम्परालाई रौक्दै भण्डारीले ठुलो लगानीमा स्वदेशमा ब्यवसाय सुरु गरेका छन् ।भने उनीसंगै सो ब्यवसायमा रहेका दिपक जिसी आकर्षक विदेशको कमाईलाई छोडेर विदेशमा सिकेको सिपलाई प्रयोग गर्ने उद्देश्यले ब्यवसाय सुरु गरेको बताए ।
