मालिकाको अठार बिधायलमा बिद्युतिय हाजिरि मेसिन

  • १९ श्रावण २०७५, शनिबार
  • 1458 पटक पढिएको

म्याग्दी, साउन १७ गते । मालिका गाउँपालिकाको अठार बिधालयमा हाजिरि मेसिन बिस्तार हुने भएको छ । गाउँपालिकाको शिक्षा सुधार योजना अन्तर्गत गत बर्ष गाउँपालिकाले कार्यालयमा एक सहित अठार वटा बिधालयका लागि हाजिरी मेसिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदिले जानकारि दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाबाट आर्थिक वर्ष २०७४÷७५ मा ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । अहिले सम्म गाउँपालिका कार्यालयमा १ र वडा नं १ मा दुई ,वडा नं ५ मा दुई ,वडा नं ६ मा दुई र वडा नं ७ मा दुई गरि ९ हाजिरि मेसिन जडान गरिएको छ । साथै बाकि २ ,३ र ४ वडामा बर्खा सकिए संगै जडान गरिेने बताउनुभयो । बिद्युतको पहुच पुगेको बिधालयहरुमा मात्र हाजिरि मेसिन जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवेदिले जानकारि दिनुभयो ।

हाजिरी मेसिन जडान संगै गाउँपालिकाको प्रशानिक काम कारबाहिमा सरलता आउनुका साथै समयमा नै कार्यालय नपुग्ने शिक्षक ,कर्मचारिहरुमा यसले सुधार ल्याउने बिश्वास गरिएको गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।
गाउँपालिका भित्रका सरकारि कार्यालयको छिटो छरिटो कार्य सम्पादन , शिक्षाको प्रशासनिक कार्यमा हुने अनियमितता रोक्न एवम पारदर्शि अभिलेखीकरण बनाउनका लागि गाउँपालिकाले पहिलो चरण अन्तर्गत बिधालयहरुमा बिद्युतिय हाजिरि मेसिन जडानको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो ।

बिधुत बिस्तार संगै गाउँपालिकाको बाँकि बिधालय सहित सबै सरकारि कार्यालयहरुमा बिधुतिय हाजिरि मेसिन जडान गरिने अध्यक्ष रोका मगरले जानकारि दिनुभयो । हाजिरि मेसिन जडानले प्रशासनमा शुशासन ल्याउनुका साथै शिक्षाको गुणस्तरमा सुधार ल्याउने अध्यक्ष रोका मगरले बिश्वास छ ।