आर्थिक अभावका कारण धनेश विश्वकर्माको उपचार हुन सकेन

  • १७ श्रावण २०७५, बिहीबार
  • 2095 पटक पढिएको

 

अमित बिश्वकर्मा /
म्याग्दी, १७ साउन । जिल्लाको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । उनी ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार गराउन नसक्दा खुट्टामा समस्या देखिएको छ ।


आफु बच्चै छदाँ बाबाले छोडेर भारत गएपछि धनेशलाइ आमा ओमदेबी बिश्वकर्माले निमेक गरेरै हुर्काएकी थिईन । १८ बर्षको उमेरमा हिडडुल गर्न समेत गाह्रो भएपछि उनी चिन्ति भएका छन् । हाल उनको दाहिने खुट्टाको पैतलाको हडडी बाङगीएर बाहीर निस्किएको छ भने तिग्रा सानो भएको छ । १ बर्ष अगाडी हरियोखर्क अस्पताल पोखरामा उपचार गराउँदा हडडी सोजाउन भन्दै जुत्ता दिइएको थियो तर समस्या उस्तै रहयो । गण्डकी अस्पताल पोखरामा चेक गराउदा अपे्रसन गर्नु पर्ने सल्लाह दिइएको छ ।


“काम नगरी खानु छैन, हुर्किएको छोराको खुट्टामा यस्तो समस्या आएको छ, पैसा छैन कसरी उपचार गर्ने” धनेशकी आमा ओमदेबीले भनिन् । काम गर्ने पैसा कमाउने र आमालाइ केही सुखमा राख्ने सपना सजाएको थिएँ, तर खुट्टा दुख्दा र हिडन पनि गाह्रो हुन थालेपछि सबै सपना अधुरै हुन्छकी भन्दै चिन्तनमा छन् । उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैलाई उनले अनुरोध गरेका छन् ।
परिवारको आर्थिक अबस्था कमजोर र उपचारमा धेरै पैसा लाग्ने भएको हुँदा सहयोग गरिदिन देश बिदेशमा रहेका सबै नेपालीहरुसंग बिश्वकर्मा परिवारले अपिल गरेको छ ।