गलेश्वरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

  • १९ श्रावण २०७५, शनिबार
  • 1388 पटक पढिएको

म्याग्दी, १७ साउन  । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिकको शनिबार स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल आर्युवेदिक स्वास्थ्यकर्मी समाज धौलागिरि अञ्चल समिति बागलुङको आयोजनामा तथा संगीता आर्युवेद बेनीको औषधी सहयोगमा शिविर सञ्चालन गरिएको हो । आर्युवेदिक औषधी र उपचार प्रति सर्वसाधारणमा चेतना जगाउने उद्देश्यले आयोजित शिविरमा १०४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा ७४ महिला र ३० जना पुरुष सहभागि थिए । नेपाल आयुर्वेदिक स्वास्थ्यकर्मी समाज धौलागिरिका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गलेश्वरधाम अन्नदान क्षेत्रका अध्यक्ष भीमनाथ पराजुलीले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्ने बताए ।

समाजका उपाध्यक्ष प्रकाशचन्द्र सुवेदीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष पराजुलीका साथै नेपाल आयुर्वेदिक स्वास्थ्यकर्मी समाजका केन्द्रीय सदस्य लक्ष्मण शर्मा चालिसे, समाजका धौलागिरि सदस्य चन्द्रप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिब दामोदर पौडेलले गरेका थिए । ज्येष्ठ नागरिकहरुमा ग्याष्ट्रिक, छाला, बाथ र दमखोकीका विरामी बढी देखिएको आयोजकले जनाएको छ । शिविरका संगीता आर्युवेद बेनीले विभिन्न किसिमका औषधी समेत निशुल्क वितरण गरेको थियो ।