म्याग्दी समाचार
गरिमा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान
- 5 बर्ष, 9 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहभागि भएका थिए । बैंकले हरेक वर्षको वार्षिकोत्सवको... पुरा पढ्नुहोस
प्राङ्गारिक र रैथाने बाली संरक्षणमा जोड
- 5 बर्ष, 9 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी ७ मंसिर । म्याग्दी र मुस्ताङ जिल्लामा प्राङ्गारिक रुपमा रैथाने बाली संरक्षणमा कृषि प्रर्वद्धन कार्यक्रममा जोड दिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले रासायनिक मल र विषादीको प्रयोग न्युनीकरण गर्दै प्राङ्गगारिक रुपमा रैथाने बाली संरक्षणमा जोड दिदै बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए ।... पुरा पढ्नुहोस
सुन्तलामा औँसाको प्रकोपः ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’
- 5 बर्ष, 9 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
कमल खत्री म्याग्दी ५ मंसिर । बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् । करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेति थालेकी पुनको फुलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलोबढी सुन्तला पहेँलो भएर... पुरा पढ्नुहोस
कृषिको बजेट कार्यान्वयनमा जनशक्ति अभाव
- 5 बर्ष, 9 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
धिरन खत्री म्याग्दी, ५ मंसिर । आर्थिक बर्ष २०७६/७७मा स्थानीय सरकारबाट संचालित कृषि क्षेत्रको बजेट कार्यान्वयमा जनशक्ति अभाव देखिएको छ । म्याग्दी र मुस्ताङका एघार स्थानीय तहले कृषिमा छुट्याएको बजेट पहिलो चौमासिकमा कार्यान्वयनका पाटोमा जोड दिएका छैनन् । म्याग्दी र मुस्ताङका स्थानीय तहले कृषि ब्यवसायमा छुट्याएको बजेट कार्यान्वयनमा दक्ष जनशक्तिको... पुरा पढ्नुहोस
विद्यालाई जिताउन पोखरामा रहेका म्याग्देलीहरुको प्रचार प्रसार उपसमिति गठन
- 5 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी ४ मंसिर । कास्कीको निर्वाचन क्षेत्र २ मा हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्राई अधिकारीलाई बिजयी गराउन पोखरामा रहेका म्याग्देलीहरुले समेत प्रचार अभियान थालेका छन् । पोखरामा बसोबास गर्ने नेकपा समर्थित म्याग्देलीहरुको एक भेलाले क्याप्टेन बलबहादुर पुनको संयोजकत्वमा उपनिर्वाचन सहयोग प्रचार प्रसार उपसमिति गठन गरेको हो... पुरा पढ्नुहोस
जुरेस र बालक्लबद्धारा विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहित शैक्षिक सामाग्री सहयोग
- 5 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
बेनी, ४ मंसिर । जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्यालय पोषाक सहित शैक्षिक सामाग्री बेनपा –७ मंगलाघाट बस्दै... पुरा पढ्नुहोस
नेपाल बैंक बेनी शाखामा टोकन प्रणाली सुरु
- 5 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी, ४ मंसिर । नेपाल बैंक लिमिटेड बेनी शाखाले ग्राहकको सुविधाको लागि टोकन प्रणाली लागु गरेको छ । सेवा लिन प्रवेश गर्ने ग्राहकले मेशिनबाट टोकन लिएर बैंकबाट नगदी भुक्तानी, बचत, कर्जा सेवा लिने गर्छन् । टोकन प्रणालीले ग्राहकलाई लाईन बस्न नपर्ने, पालो कुर्नु नपर्ने र कर्मचारीलाई काम गर्न सहज भएको... पुरा पढ्नुहोस
पोखरेबगरमा नेपालको कर नीति बिषयक अन्तरक्रिया
- 5 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी, ४ मंसिर । राष्ट्रिय कर दिवस–२०७६ को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा नेपालको कर नीति बिषयक अन्र्तक्रिया सम्पन्न भएको छ । आठौ कर दिवसको अवसरमा मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको... पुरा पढ्नुहोस
मल्लाजमा सम्पन्न निशूल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित
- 5 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
बेनी, ४ मंसिर । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार सम्पन्न निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा ५ सय जना भन्दा बढी लाभान्वित भएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरेको थियो । मल्लाजको कोतघर परिसरमा स्वास्थ्य... पुरा पढ्नुहोस
विद्यार्थीद्धारा देउसीभैलोबाट संकलित रकम मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण
- 5 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी, ४ मंसिर । रघुगंगा विद्यार्थी मञ्चद्धारा आयोजित देउसी भेलौ कार्यक्रमबाट संकलित रकम मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण गरिएको छ । मुक्तिधाम शाखाले रघुगंगा गाउँपालिका–२ राखु भगवतीका मृगौला पीडित ठाकुर परीयार र वडा नम्वर ३ पिप्लेकी क्यान्सर पीडित डिलमाया विकलाई सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकम ९३ हजार २... पुरा पढ्नुहोस