मंगला गाउपालिकामा राहत वितरण सुरु
- २४ चैत्र २०७६, सोमबार
- 2096 पटक पढिएको
बाबियाचौर, २४ चैत । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्टीका प्रतिनिधिहरुले राहत वितरण सुरु गर्नुभएको हो ।
मंगला गाउपालिकाको ५ वटा वडामा लकडाउनका कारणले आयस्रोत गुमेर प्रभावित भएका पहिलो चरणमा ३७७ परिवार राहतका छनौट भएका छन् । उनिहरुले वडा कार्यालयमा दिएको आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले राहत पाउने छनौट गरेपछि राहत वितरण गर्न थालिएको हो ।
प्रति परिवार एक बोरा चामल, तीन केजी दाल, २ पोका नुन, चार पोका तेल, दुई केजी चिनी र ४ वटा साबुनका दरले वितरण गरिने भएको छ । ५ वटै वडाका जनप्रतिनिधिहरु मार्फत टोल टोलमा पुगेर खाद्यान्न राहत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
वडा न. २ का अध्यक्ष धनबहादुर खाती, वडा सदस्य राजु पाण्डे लगायतको टोलीले मंगला माविमा ५२ र रणवाङमा ३७ घरलाई खाद्यान्न वितरण गरिएको थियो । सिमलचौर, मिथौला, ¥यालेखोर, कुकुर बिसौनामा सोमबार, हिदी र सल्यानमा मंगलबार राहत वितरण गर्ने कार्यतालिका बनाइएको छ ।