म्याग्दीमा फोनबाटै विद्युतको मिटर रिडिङ सुरु

  • २७ चैत्र २०७६, बिहीबार
  • 1158 पटक पढिएको

म्याग्दी, २७ चैत । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले फोनबाटै विद्युतको मिटर रिडिङ गर्न थालेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाईरस रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी) कारण घरघरमा पुग्न नसक्ने अवस्था आएपछि मिटर रिडिङ र महशुल संकलनका लागि सूचना प्रबिधिको प्रयोग गरेको हो ।


केन्द्रका प्रमुख माधव महतले उपभोक्ताले मिटरमा देखिएको अंक फोन वा ईमेल गरेर कार्यालय समयभित्र उपलब्ध गराउन सक्ने ब्यवस्था मिलाएको जानकारी दिनुभयो । ‘तत्काल रिड गर्ने अवस्था नभएकाले महसुलको तथ्यांक अद्यावधिक गर्न यस्तो तरिका अपनाइएको हो,’ उहाले भन्नुभयो ।

कुनै पनि माध्यमबाट प्राप्त हुन आएको इनर्जि खपतलाई विगत महिनाको (फागुन) बराबर हुनेगरि रिभिन्यु स्फ्टवयरमा अपटेड गरिने केन्द्रका कर्मचारी सरोज आचार्यले बताउनुभयो । सरकारले यसअघि नै विद्युत पानी सहितका महशुलमा लक डाउनको अवधिमा म्याद कटे पनि जरिवाना नलाग्ने घोषणा गरेको थियो । म्याग्दीमा विद्युत प्राधिकरणका करिब सत्र हजार घरधुरी उपभोक्ता छन् । ४५ मध्य ३५ वटा वडामा विद्युत प्राधिरकणले केन्द्रीय लाइन विस्तार भएको छ ।