प्रधानमन्त्रीलाई प्रेमपत्र

  • २६ चैत्र २०७६, बुधबार
  • 2905 पटक पढिएको

तारामिलन छन्त्याल

श्रीमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ,सर्वप्रथम शुस्वास्थ्य एवम् स्वास्थ्य लाभको कमना । हजुरको धैर्यता ,आत्म विस्वास ,साहस , देशको माया, जिम्मेवारीको सम्मान गर्नै पर्छ । यस्तो बिषम परिस्थितिमा पनि हजुरको साथ नेपाली जनताले पाएका छन् यो सुखद पक्ष हो । देशमा ठुला परिवर्तन उथलपुथल भए । संविधान बन्यो, संघियता कार्यान्वनयनको चरणमा छ । यहि परिवर्तनको जगमा हामी समृद्धिको सपना देखेका छौँ । यो समृद्धिको सपना पुरा गर्न तपाईं लगाएको नेतृत्वहरु तल्लिन हुनु पर्दछ ।

सचेत नागरिकहरुले साथ र सहयोग गर्न जरुरी छ । बहुदलिय जनताको जनबाद , बैज्ञानिक समाजवाद ,र न्याय सहितको समान अधिकारको प्रत्याभुति हाम्रै पालामा पुरा हुनेमा हामी बामपन्थि समर्थक र आम नेपाली जनता पुरै विश्वस्त छौँ । शुरुवात कहाँबाट गरौ भन्नेमा म दोधारमा परे । नेपालमा मात्र नभएर विश्व नै कोरोना भाईरसबाट प्रताडित छ । चिनको वुहानबाट कोभिड १९ को सक्रमणले विश्व भरि फैलिएर करिब बिश्वमा नै ७० हजार मानिसहरुको मृत्युको समाचारले दुखित त तुल्याएको नै छ । झनै भारतको सुकुम्वासी बस्तिमा कोरोना छिरेको समाचारले मन छिया छिया बनाएको छ । विश्वमा कयौ मानिसहरु रोजगार बिहिन भएका छन् । विश्व अर्थतन्त्र पुरै धरासाइ बनेको छ । बिदेशमा रहेका करिव ३० लाख नेपाली नागरिकहरुले रोजगार गुमाएका छन् ।

नेपालको अर्थतन्त्रमा कमि आउने कुरामा त कुनै दुई मत नै रहेन् । यि बिषयबस्तुलाई मध्य नजर गर्दै बेलैमा नेपाल सरकारले देशमा लकडाउन गर्याे र गर्नुभयो , यो सकारात्मक कदमको हरेक जिम्मेवार नागरिकहरुले सम्मान गर्नै पर्छ । हरेक नेपालीले सरकारको आज्ञा, आह्पान निदेर्शनलाई पालना गर्नुपर्र्छ । हिजो भन्दा आज र आज भन्दा भोली गर्दै दिन दिनै कोरोनाको सङ्ख्या बढिरहेको छ । न दिन न रात न घाम न पानी भनेर डाक्टर र स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा र सुरक्षाकर्मीका नौ जवानहरु लकडाउन कार्यान्वयनमा लागिरहेका छन् उनिहरुको कामलाई हामीले सादुबाद भन्नै पछै । तर सम्माननीय प्रधानमन्त्री ज्यु लगकडाउनको अबधीमा केहि धनि, उच्च अधिकारी, गरिब सबैले लाकडाउनको नियम उल्लङ्घन गरिरहेको छन् । यो दुखद कुरा हो ।

यि यस्ता कार्यले नेपालमा थप कोरोना सक्रमणको सङ्ख्या बढ्ने नै देखिन्छ । तर प्रधानमन्त्री ज्यु गरिबको , भरियाको, मजदुरको ढाडमा मात्रै पुलिसको लौरी किन भाचिन्छ ? के यो लौरी गरिबकै लागि बनाईएको हो ? के नियम कानुन यिनै तल्लो तहको ब्यक्तिहरुको लागि बनाईएको हो ? यो अत्यन्तै सोचनिय बिषयबस्तु हो । सरकार सञ्चालनमा बाधा अडचन पक्कै भएको छ । हिजो पनि तपाई सत्तामा रहदा भारतले अघोषित नाकाबन्दी गर्याे त्यसको जिम्मावार भागिदार तपाई नै हुनु भयो । आज पनि धमिलो पानीमा माछा मार्नेहरुको कमि आएको छैन् । आज सम्पुर्ण नेपालीहरु सत्तापक्ष प्रतिपक्ष यो या त्यो समुहको नभनी हामी सम्पुर्ण नेपालीहरु एक हुनुको बिकल्प छैन् ।

एउटा घरमा, परिवारमा, समाजमा, समुदायमा बिभिन्न खाले ब्यक्तिहरुको बिभिन्न बिचार हुन्छ भने दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट पाटी, त्यसमा पनि दुई धारमा रहेको पार्टीहरु बिच एक हुदा केहि अन्तर बिरोध हुनु स्वभाविक नै हो । हिजो चिनिया कम्युनिष्ट पार्र्टीमा पनि यस्तो खाले अन्तर सङ्घर्ष बिरोध आउदा माओत्सेतुङ्ले सहजै समाधान गरेर जनपक्षिय राज्य सत्ता सञ्चालन गरेको कुरा हामी माझ छर्लङ्ग छ । यसैले यस्ता अन्तर बिरोध नेतृत्व तहमा , नेतृत्व तहका नेताहरुले समाधान गर्नु पर्ने देखिन्छ । यो बिषयमा हामी भन्दा कयौ गुण सचेत सरकार सञ्चालनको अधिकारीहरु नै छन् होला । तर सरकार सञ्चालकहरुको गैर जिम्मेवार अभिब्यक्तिले नमिठो संग आफैलाई चिमोठिरहन्छ ।

सरकारले चिनको वुहानमा रहेका नेपाली बिधार्थीहरुलाई जसरी उद्धार गरेर नेपाल सरकारले आफ्नो कौसलता देखायो , यसले हामी सबैको शिर उचो नै राखेको छ । हालै मात्र लकडाउनको प्रयोग थाल्ने कुरामा बिकशित देशहरु भन्दा नेपाल अगाडि भन्ने सकारात्मक समाचारले स्थान पाईरहेका छ । यो हामी सबैको लागि सुखद पक्ष हो । तर भारतबाट नेपाल आएका कयौ नेपाली मजदुरहरु सिमानामा रोकिएर रहेका अबस्था छ । उनिहरुको ब्यबस्थापन भने फितलो भएको हो । ति बिचल्लीत नेपालीहरुको समयमा नै उचित ब्यबस्थापन किन गर्न सक्नु हुन्न ? चाडो भन्दा चाडो ब्यबस्थापन गरियोस् ।

कुनै समय हामीले गरिब किसान मजदुरको घरमा भोट माग्न जादा कयौ पटक हामी चुनाब जितेर तिनै तहको स्थायी सरकार सञ्चालन गर्छाै ,भनेर भोट मागिरहेका थियौ ,सोहि अनुरुप सम्माननीय प्रधानमन्त्री, लगायत प्रचण्ड ,बादल र माधब नेपालहरुलाई नेपाली जनताले यहाँ सम्म पुर्याएको हो । जनभावना अनुरुप काम भएन ! या बाकी कार्यभार पुरा गर्नै बाकी छ ? यि यस्ता बिषयमा सरकारको ध्यान् जावस् । र चित्तबुझ्दो जवाफ आयोस् भन्नेमा जनदवाब बढेर आएको छ । स्थानीय तहमा पनि अधिकांस ठाउँमा बामन्थीहरुकै सरकार छ । प्रदेश सरकार पनि बामपन्थीहरुको बहुमत छ र केन्द्रिय सरकार स्वयम तपाईले सम्हाल्नु भएको छ । अरु नेता भन्दा जिम्मेवार र बफादार पनि हजुर नै हुनु पर्ने हो । तर केन्दिय सरकार भन्दा सयौ गुना बफादार काम स्थानिय जन प्रतिनिधिहरुले गरिरहेका छन् ।

यो समय संघियताको कार्यन्वयनको लागि पनि उपयुक्त समय यहि हो । जनप्रतिनिधिहरुले सहज तरिकाले गाउ गाउमा कोरोना भाईरस नियन्त्रण गर्न लागिपरिरहेका छन् । एकगाँउबाट अर्काे गाउ जान नपाईने निर्णयहरु भएका छन् । बिदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बिभिन्न स्थानिय श्रोतबाट गरिब , किसान , निमुखाहरुलाई राहत बितरण गरिरहेका छन् ,र नेपाल सरकारको निर्देशन केहि गाउँ ठाउँमा बाहेक पुर्ण रुपमा पालना गरिरहेका छन । यो कदम नेपाल र नेपालीको लागि स्वागतयोग्य कुरा नै हो । सम्माननीय प्रधानमन्त्री ज्यु (ब्लाडेथ) (प्लेग)नाम गरेको रोगले १४ औ शताब्दीको अन्त्यतिर फैलिएर विश्वको आधा जनसङ्ख्या नै यो रोगबाट शिकार भएको थियो भने विश्वको ४५ करोड जनसङ्ख्या मध्य आधा जनसङ्ख्या २० करोडको ज्यान गएको थियो ।

सन १९१० मा भारतको कलकत्ताबाट फैलिएको हैजा रोगबाट भारतमा मात्र ८ लाख भारतिय जनताको मृत्यु भएको थियो भने मध्यपुर्वि ,उत्तरी अफ्रिका ,युरोप र अमेरिकामा समेत यो रोग फैलिएको थियो । सन २००२ दुईको नोभेम्वरमा (ग्योङडोम )प्रान्तबाट फैलियको सिजियर क्युर रेस्पाईतरि सिन्द्रोम (सार्स)बाट नौ महिनामा ८ हजार ७४ जनामा सक्रमण भएको थियो भने ७ सय ७४ जनाले ज्यान गुमाएका थिए । सन २००९ मा अमेरिकामा ईन्फुलुन्जा ए भाईरस पत्ता लाग्यो ,र पुरै विश्वभर एकैछिनमा फैलियो । लाखौ मानिस यस रोगबाट सक्रमित भए । अमेरिकामा मात्र १२४६९ जनाको ज्यान गयो । भने पुरै विश्वभर १४ हजारको ज्यान गएको थियो ।

सन १९५६बाट फैलिएको एसियन फ्लुले २० लाखको ज्यान गएको थियो । यो भाईरस पनि चिनको बुउझाउ प्रान्तबाट नै फैलिएको थियो । दई बर्ष पछि सिगापुर अमेरिका पुगेको थियो ।अमेरिकामा मात्रै ७०हजारको ज्यान गएको थियो । यि दृष्तान्त हेर्दा सम्माननीय प्रधानमन्त्री ज्यु यो कोरोना भाईरसले पनि एउटा रुप धारण गर्ने कुरामा सजग रहनु पर्ने देखिन्छ । हो हाम्रो देशमा हरेक उपकरण प्रविधिले पछाडी नै छ । मास्कको अभाब छ । सेनिटाईजर खोज्दा भेटिदैन् ,यो रोगले भयाबह रुप लियो भने साच्चिकै नेपाल रहदैन् । पत्रकार, सुरक्षा कर्मी ,र स्वास्थ्यकर्मि ,यि यस्ता परिबेषमा पनि दिनरात खतिरहेका छन् । यिनिहरुको उचित सम्मान र प्रोत्साहनको जरुरी नै होला !

हामीले कस्तो राजनीतिक संस्कार बनाइरहेका छौ । हाम्रो राजनीतिक संस्कार किन फेरिएन् । हामीले साचोलाई किन साचो भन्न सकिएन् । किन आफ्नाले गरेका काम सबै ठिक अरुले गरेका सबै बेठिक भनिरहेका छौ । यि सब कोरोना भाईरसले उब्जाएका प्रश्नहरु हुन् । सम्माननीय प्रधानमन्त्री ज्यु, हरियो घाँसमा, हरियो सर्प नै लुकेको हुन्छ । हरियो घाँस र सर्प छट्याउनु पर्ने होला ! सर्प र हरियो घाँस एउटै भनियो भने, त्यसको परिणाम पनि अर्कै होला ! यसमा सजक हुने बेला आएको छ । अडियो प्रकरण ,सेक्युरिटी खरिद प्रकरण, बालुवातार काण्ड, हुँदै औषधि खरिद प्रकरण ,एक पछि अर्काे समाचार बजारमा आईरहेका छन् । यि यस्ता समाचार सुनियोजित रहो या केहि कमि कमजोरी भएको हो । त्यसको छानबिन हुन भने जरुरी नै छ । सत्य तथ्य बाहिर आउला नै ।

यि केहि पात्रहरु हजुर निकट ब्यक्तिहरु भए पनि , यसको जिम्मेवारीबाट स्वयम् नेकपाको शिर्षस्थ नेताहरु र स्वयम् नेकपा पार्टी नै यस विषयबाट पर भाग्न मिल्दैन् । औषधी खरिद प्रकरण विवादमा त आयो नै तर प्रशस्त बिकल्प हरु हुदाँ हुदै ,न ेपाली सेनालाई औषधी खरिद गर्न दिने निर्णयले थप सङ्काहरु सतहमा आएका छन । नेपाली सेनाको प्रमुख दायित्व भने राष्ट्रिय सुरक्षा गर्नु हो । तर पछिल्लो समय ब्यापार बिजनेस र यि यस्ता खरिद प्रकरणमा सामेलले गर्दा नेपाली सेनाको जिम्मेवारी दायित्व माथि प्रश्नहरु उठिरहेको छ । नेपाली सेना किन सिमाना सुरक्षाको रक्षा गर्न तल्लिन छैन् ! के स्वास्थ्य सामाग्री खरिद गर्न नेपाल सरकारको अन्तिम बिकल्प नै सेनालाई जिम्मा लगाउनु थियो ? या मन्त्रीहरुमा विश्वास लागेन ? या तपाई निकट मन्त्रीहरुबाट नै धोका भयो ? या अर्कै केहि हो ? यि यस्ता यस बिषयमा स्पष्त पार्न जरुरी देखिन्छ । सत्य र साचो समाचार सम्प्रेषण गर्नु पत्रकारहरुको दायित्व हो ।

भने सचेत नागरिकले सहि समाचार सुन्न र बुझ्न पाउनु नागरिकहरुको नैसर्गिक अधिकार र दायित्व हो । हो सबैलाई थाहा छ । मिडियामा आएका सबै समाचार साचो हुदैनन् । कतिपय साचो समाचार मिडियामा आउदा पनि आउदैन् । समाचारमा चित्त नवुझे प्रेस काउन्सिलमा उजुरी गर्ने ,अड्डा अदालत र प्रसस्त कानुनी बाटो हुदा हुदै पनि सरकारकै विभिन्न अंगमा रहेका व्यक्तिहरु ति समाचार ह्याक गर्न उद्धत हुनु र ति वेबसाईदहरु बन्द गर्न तल्लिन हुनु , साच्चिकै प्रेस स्वतन्त्रता माथिको धावा हो ! सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम वरीपरीको वातावरणलाई धुमिल बनाउनेहरुको पहिचान गर्नुहोस ।
बाँकी हजुरकै कुरा हो ।