कोरोनाको कारण कतारमा समस्यामा पर्ने म्याग्देलीलाई मोना कतारको साथ

  • २७ चैत्र २०७६, बिहीबार
  • 2398 पटक पढिएको

दोहा २७ चैत । मोना कतारले कोरोना तथा कुनै पनी कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरुलाई लक्षित गरि मोना कतारले जारी गरेको सुचनाका आधारमा कतारमा अप्ठ्यारोमा परेका म्याग्देलीहरु सम्पर्कमा आउन थालेको मोना कतारले जनाएको छ । मंगला गाउपालिका ३ खानीगाउँका हर्क बहादुर दमाई आफु कतारमा खाद्यान्न संकटमा परेको भनी सम्पर्कमा आएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले जानकारी दिए । बर्ष कतार आएका दमाई खाद्यान्न संकटमा रहेको भनि संस्थाको बेनी नगरपालिकाको ग्रुप च्याटमा याम रामदामले जानकारी गराए लगत्तै संस्थाका अध्यक्षले सम्पर्क गरी समस्याका बारेमा सोध पुछ गरेका थिए ।


लगत्तै संस्थाका तर्फबाट उनलाई भेट गर्न पुगेका अध्यक्ष पौडेल, सचिव देविदत्त कंडेल संग उनले कम्पनिबाट क्यानसिल जाने तयारीमा लागेको बेला कोरोनाका कारण नेपाल र कतारले अन्तराष्ट्रिय उडानमा रोक लगाए पछी समस्यामा परेको जानकारी दिए । “कम्पनिले टिकट पनी दिएको छ, एयरपोर्ट गएर फर्किए, बस्न दिए पनी खाना नदिएको हुदा समस्या उत्पन्न भएको छ’’–उनले भने । ट्राभलले दिएको भौचर देखाउदै उनले अन्तराष्ट्रिय उडान खुले पछी अफिस आउन भनेको बताएको अध्यक्ष पौडेलले जानकारी दिए ।

पिडितलाई मोना कतारको तर्फबाट एक महिना पुग्ने गरी खाद्यान सहित नगद सहयोग गरेको छ । सहयोग ग्रहण गर्दै हर्क बहादुरले संस्थालाई धन्यबाद दिदै प्रवासमा आफ्नो भनेको संस्था नै हुदो रहेछ भनि प्रष्ट बुझेको बताए । मोना कतारले विश्वव्यापी रूपमा महामारीको रूपमा दिन प्रतिदिन फैलिँदै गइरहेको कोरोना भाइरस बाट दोहा कतारमा रहनुभएका सम्पूर्ण म्याग्देली समुदायलाई उच्च मनोबल र आत्मविश्वास साथ सतर्क र सुरक्षित रहन आह्वान समेत गरेको छ ।

यस्का साथै कतारमा रहेका कोही पनि म्यादेली श्रमिकहरूमा खाना र बसोबासको समस्या परेको भए वा सो सम्बन्धी कसैलाई जानकारी भए मोना कतार हरदम र सम्भव भए जति सहयोग गर्न तत्पर रहेको जानकारी दिएको छ । सहयोगको आवश्यकता परेमा वा कसैले यस महामारीको बेलामा स्वतःस्फूर्त सहयोग गर्न चाहनुभएमा मोना कतारको सचिवालयमा सम्पर्क गरी सहयोग लिन र दिन सकिने र सो को लागि श्री अध्यक्ष तिलु शर्मा पौडेल (मोबाइल ं९७४ ५५३४७९५७ ), महासचिव श्री थम कुमार गिरी (मोबाइल ं९७४ ६६९८००३६ ) र सचिव श्री देवीदत्त कँडेल (मोबाइल ं९७४ ६६४६३२१७ ) लगायतका पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने जनाएको छ ।