मजदुरका कथाः ‘जस्ले भेटाएनन् आफ्नै आमा बुबाको अन्तिम संस्कार’

  • २३ चैत्र २०७६, आईतवार
  • 2020 पटक पढिएको

कमल खत्री
म्याग्दी २३ चैत । प्रतापपुर गाउँपालिका– १ नवलपरासीका राजकुमार चौधरीले आफ्नो दिवंगत आमाको अन्तिम संस्कार गर्न पाएनन् । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणधिन मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत रहेका चौधरीको आमाको १२ दिन अघि निधन भएको थियो । घरबाट आमाको निधन भएको खवर पाएपछि हतार– हतार घर जाने तरखर गरेपनि जारी लकडाउन र कम्पनीको बेवास्ताको कारण दिवंगत आमाको अन्तिम पटक अनुहार हेर्ने धोको उनको पुरा हुन सकेन् ।

आन्दोलित बनेका मजदुरहरुका गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत । तस्बिर सौजन्य राजाराम बरुवाल

रोवष्ट इनर्जी प्रा.ली. प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सन रहेको छ । ठेकेदार कम्पनीले घर जाने बन्दोबस्तको लागि पहल नगरिदिँदा उनी आमाको किरीयामा समेत सहभागी हुन पाएनन् । ‘‘ आमाको अन्तिम संस्कार र किरीयामा पटक–पटक घर जानको लागि कोसीस गरेँ, तर कसैगरीपनि सकिन, मलाइ घरमा जाने वातावरण बनेन्, घरमा बुबा किरीया बस्नुभएको छ,’’–उनले भने ।

चौधरी जस्तै यसै आयोजनामा कार्यरत माछागढी गाउँपालिका पाल्पाका थर्कबहादुर परियारले पनि आफ्नो बुबाको अन्तिम अनुहार देख्न पाएनन् । प्रेसरको कारण एक साता अघि लुम्बिनी मेटिकल कलेजको आइसियुमा भर्ना गरिएका बुबालाई भेट्न जान पटक पटक ताकेता गरेपनि उनको घर जाने चाँजो मिल्न सकेन र अन्नत् बुबाको अन्तिम संस्कारमा सहभागी हुने चाहना पनि पुरा हुन सकेन । ‘अस्पतालमा उपचार खर्च जुटाउन पनि सकिएन, बुबाको स्वास्थ्य अबस्था पनि नाजुक बन्दै गएपछि घर फर्काएका थियौँ, बुबालाई भट्न घर जाने बन्दोबस्त गरिदिन कम्पनीसंग पटक पटक भनेपनि सुनुवाइ भएन, शनिवार बुबाको घरमै मृत्यु भयो, अन्तिम संस्कारमा पनि सहभागी हुन पाईन’’–विकले भने ।

लकडाउनलाई देखाउँदै घरमा बुबा आमाको किरीयामा समेत जाने बन्दोबस्तमा सहयोग नगरेपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आयोजना क्षेत्रमै पुगेर मजदुरहरुको गुनासा बुझेपछि आइतवार उनीहरु दुबै जनालाई घर पठाईएको छ । ‘‘मजदुरहरु आन्दोलीत बनेपछि उनीहरुमाझ नै पुगेर समस्या बुझेँ, कामदारका समस्याप्रति ठेकेदारले संवेदनशिला नदेखाएको पाएँ, तत्कालै यातयातको बन्दोबस्त गर्न लगायौँ, उनीहरुको संवेदनशिलालाई बुझेर जिल्ला प्रशासन कार्यालय मार्फत सवारी पास बनाएर घरमा पठाउन सफल भयौँ’’–प्रजिअ ढकालले भने ।

घरमा आफन्तको मृत्यु हुँदा समेत किरीयामा जान नदिएको र लकडाउनको समयमा ब्यबस्थापन नगरेको लगायतको माग राख्दै आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत नै भएका छन् । लकडाउनको समयमा घर नपठाएको, बिरामी मजदुरको उपचार नगरेको, घरमा आफन्तको मृत्यु हुदा समेत किरीया जान नदिएको र ज्याला नदिएको मजदुरहरुले बताएका छन् । आन्दोलीत दुई सय जना भन्दा धेरै मजदुरहरुले शनिबार दिनभर आयोजनाको प्रर्वद्धक रोवष्ट इनर्जीको नारच्याङ बेशीगाउमा रहेको साइट कार्यालय घेराउ र नाराबाजी गरेका थिए ।

प्रजिअ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुवर, जनप्रतिनिधि, अगुवा, रोवष्टका प्रतिनिधि लगायतको टोलीले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापकलाई मजदुरको समस्या सम्बोधन गर्न निर्देशन दिएका थिए । प्रजिअ ढकालले मजदुरको समस्या र गुनासोप्रति गम्भिर भएर सुनुवाई नगरे कारबाही गर्ने चेतावनी समेत दिएका थिए । सरकारको निर्णय अनुसार ठुलो आयोजना भएकाले बाहिरबाट कामदार नलिईकन क्याम्प भित्र रहेका मजदुरहरुमा सुरक्षाको उपाय अपनाएर आयोजनाको काम गर्न ठेकेदार, मजदुर र आयोजनालाई प्रजिअ ढकालले सुझाब दिएका थिए ।

ठेकेदारका ब्यवस्थापक तिलक रानाले भने लकडाउनको कारण सवारी बन्द भएको कारण मजदुरहरुलाई घर पठाउन समस्या भएको प्रतिकृया दिए । ‘‘ अरु सवारीको बन्दोबस्त हुन कसेन, कम्पनीकै गाडीको पास बनाएर दुई जनालाई घर पाएका छौँ’–उनले भने । उनले मजदुरहरुको सुरक्षाको लागि आबश्यक बन्दोबस्त भएपछि मात्रै मजदुरहरुलाई आयोजनाको निर्माण कार्यमा खटाउने तयारी गरेको जानकारी दिए ।