म्याग्दी समाचार

भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी नेकपा माओवादी केन्द्रमै

  म्याग्दी, २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा क्रियाशिल हुने बताएका छन् । तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले निर्वाचित पार्टीकै सदस्यता नबिकरण गरेर राजनीतिमा सक्रीय हुने निर्णय गरेका हुन् । “केन्द्रिय राजनीतिका कारण तटस्थ रहेपनि अब निर्वाचित पार्टीमै क्रियाशिल... पुरा पढ्नुहोस

बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी २६ जेठ । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर मेसिन नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा (खम्बीर) र नेविसंघका नेता प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर... पुरा पढ्नुहोस

म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

  म्याग्दी, २६ जेठ । म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब रु ८ लाख बराबरको सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पाटी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको  पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले... पुरा पढ्नुहोस

प्रहरी कार्यालयद्वारा बेनी अस्पताललाई अक्सिजन कन्सनटेटर सहयोग

बेनी, २५ जेठ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन बेनी अस्पताललाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई लगायत सुरक्षा समितिको उपस्थित बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र निमित्त मेडिकल सुपरीटेन्डेन्ट... पुरा पढ्नुहोस

लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत

म्याग्दी २५ जेठ । मानविय र सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धार सम्मान गरेको हो । मोफसलमा रहेका क्लबहरुमध्येबाट एक्टीभ... पुरा पढ्नुहोस

मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २५ जेठ । म्याग्दीमा मंगलबार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १६ जना र एन्टिजेन विधिबाट १ जना कोरोना संक्रमण पुष्टि भएका हुन् । बेनी नगरपालिकाका १३ जना र गाउँपालिका अन्तरगत मंगलामा १ जना, रघुगंगामा १ जना, अन्नपुणर्मा १ जना र जलजलामा... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा समुदाय स्तरमा कोरोना परिक्षणको दोस्रो चरणको अभियान

म्याग्दी २५ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी नगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षणको दोस्रो चरणको अभियान सुरुवात गरेको छ । लक्षण देखिएका र संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई लक्षित गरि दोस्रो पटक समुदाय स्तरमा अभियानकै रुपमा कोरोना परिक्षणलाई अघि बढाईएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल... पुरा पढ्नुहोस

सुवेदी र मल्लको पहलमा तीनचुली नेपालद्धारा रघुगंगामा करिब साढे १ लाख बराबरको सहयोग

म्याग्दी २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब रु साढे १ लाख बराबरको सहयोग गरेको छ । स्थानीय अगुवा बालकृष्ण सुवेदी र पूर्व एसएसपी प्रेम मल्लको पहल र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन... पुरा पढ्नुहोस

म्याग्दीमा सोमबार २५ जना कोरोना संक्रमित थपिए

बेनी, २४ जेठ । म्याग्दीमा सोमबार २५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। पिसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी  नगरपालिकाका १ जना र गाउँपालिका अन्तरगत मंगलामा ३ जना, मालिकामा १ जना ,रघुगंगामा ९ जना, अन्नपुणर्मा ४ जना, धवलागिरीमा ६ जना र पवर्तको जलजलामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस

भकिम्लीमा आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

म्याग्दी २४ जेठ । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भएको छ । आइतबार... पुरा पढ्नुहोस