माेना बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे चयन

  • ४ कार्तिक २०७८, बिहीबार
  • 1190 पटक पढिएको

धु्रबसागर शर्मा
म्याग्दी ४ कार्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको सातौं अधिवेशनबाट रकेन्द्र घिमिरे (राजु) अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधवार बेल्जियम स्थित यति हाउसमा भएको अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा योगेन्द्र विक,वरिष्ठ उपाध्यक्षमा प्रदिप थापा,उपाध्यक्षमा कृष्ण सुनार,हरि शाही र ज्ञान रकाल रहनुभएको छ ।

त्यसैगरी महिला उपाध्यक्षमा ज्ञानु बरुवाल,महासचिवमा रामचन्द्र थापा,सचिवमा अमिर शाही,सहसचिवमा शान्ति पुन,सुदिप शेरपुंजा,कोषाध्यक्षमा बिनु थापा र सहकोषाध्यक्षमा दीपक भण्डारी चयन हुनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा पद्यम लाल विक,रामजी भण्डारी,किरण शाही, शोभा शाही, तारा कार्की, नन्दकली पुन र टीका बानियाँ रहनुभएको नव निर्वाचित अध्यक्ष रकेन्द्र घिमिरेले जानकारी दिनुभएको छ ।


कार्यक्रम निर्वाचन मण्डलका संयोजक योगेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । घिमिरे लामो समयदेखि बेल्जियममा रहदै आउनुभएको छ । मोना बेल्जियमले म्याग्दी जिल्लामा दैवी प्रकोप,परोपकार,भौतिक विकास र मानवीय सेवाको क्षेत्रमा आर्थिक,नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ । नवनिर्वाचित अध्यक्ष घिमिरे म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका हुनुहुन्छ ।