मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता

  • ३१ आश्विन २०७८, आईतवार
  • 1019 पटक पढिएको

म्याग्दी, ३१ असोज । नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कार्तिक २ र ३ गते बेनीमा हुने भएको छ। मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ। समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगमी नेतृत्वको दावी गर्दै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठले जानकारी दिए । पुर्जा नेदरल्याण्ड,छन्त्याल अमेरिका र कार्की कतारमा बसोबास छ । तिनै जना म्याग्दी प्रवासी नेपाली संघको विभिन्न काममा सक्रिय भएर लागेका ब्यक्तिहरु हुन् । म्याग्दीको आर्थिक,सामाजिक र मानविय सेवामा मोनाको महत्वपूणर् भूमिका रहँदै आएको छ ।

यसैगरी निर्वाचन मण्डलले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दधिवल खड्काको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा कसैको पनि उम्मेदवारी परेको छैन । महासचिव पदका लागि हरि राम्जालीको उम्मेदवारी परेको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षमा कसैको पनि उम्मेदवराी परेको छैन । सचिव पदमा रमेश पौडेल, विष्णुप्रसाद बरुवाल, प्रवक्तामा हिक्मत श्रेष्ठको उम्मेदवारी परेको छ । महिला संयोजकमा अनुषा थापा, महिला उपाध्यक्ष पुणर्ीमा पाइजा, मध्यपूर्व क्षेत्रीय संयोजकमा तिलक पुन मगर, एसिया संयोजक दिपक कार्की, मध्यपूर्व उपसंयोजक दिपक छन्त्याल र महिला उप संयोजक विष्णु बानियाँको उम्मेदवारी परेको निर्वाचन मण्डका संयोजक श्रेष्ठले जानकारी दिए । समितिमा तिनजना उपाध्यक्ष रहेकोमा कसैको पनि उम्मेदवारी परेको छैन । यसैगरी कोषाध्यक्ष र सह कोषाध्यक्ष पदमा पनि कसैले उम्मेदवारी दर्ता गराएका छैनन् । क्षेत्रीय संयोजकहरु पदमा पनि कसैको उम्मेदवारी नपरेको संयोजक श्रेष्ठले जानकारी दिए। आवश्यक संख्यामा उम्मेदवारी नपरेकाले समिति सँग छलफल गरेर पुरानोलाई कायम राखी अर्को निर्वाचन तालिका प्रकाशित गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।


मोनामा अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ जना उपाध्यक्ष तिन जना, महिला उपाध्यक्ष १ जना, महसचिव १,सचिव २,प्रवक्ता १,कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १,महिला उपसंयोजक १, क्षेत्रीय संयोजक र उपसंयोजक ५/५ जना रहने व्यवस्था छ । सदस्यहरुमा प्रत्येक देशमा रहेका मोनाका समितिले एक एकजना सदस्यहरु पठाउने व्यवस्था छ । कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

 

महाधिवेशनमा २६१ जनाले सहभागीता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो ।मोनाको बेनी स्थित सचिबालयमा समितिका पदाधिकारीहरु आएर विभिन्न संघ संस्था र व्यक्तिहरुसंग महाधिवेशनको औपचारिक कार्यक्रमलाई सफल बनाउने सम्बन्धमा आबश्यक छलफलमा गरेका छन् ।महाधिवेशनलाई सफल बनाउन गठीत उपसमितिहरु मार्फत तयारी तीव्र पारिएको र प्रतिनिधिहरु प्रवासबाट स्वदेश आउनेक्रम समेत बढेको छ ।

महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत आयोजना गरिने जनाइएको छ । कात्तिक २ गते मंगलबार जिसस सभाहलमा महाधिवेशन उद्घाटन हुने आयोजकले जनाएका छन् ।