मोनाको चौथो महाधिवेशन बेनीमा सुरू (फोटोफिचर )

  • २ कार्तिक २०७८, मंगलवार
  • धिरन खत्री
  • 1065 पटक पढिएको

 

कार्तिक, २ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन मंगलबारदेखि बेनीमा सुरू भएको छ । दुईदिनसम्म संचालन हुने महाअधिवेशन सुरू हुनुभन्दा अघि बेनी बजारमामा झाँकि र वाजागाजा सहित र्‍याली निकालिएको थियो ।


विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । जिसस सभाहलमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले गरेका हुन् । भौतिक र भर्चुअलबाट २० देशका २६१ जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाएको महासचिव विक्रम कार्कील जानकारी दिए ।


महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले बताए । सम्मेलनमा चर्चित कलाकार कुमार पुन, नेशन पुन लगायतका स्थानीय कलाकारको प्रस्तुती हुने देखाउने छन्।


आगमी नेतृत्वको दावी गर्दै मोना समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्की सहित तीन जनाले अध्यक्ष पदको उम्मेदवारी दर्ता गरेको निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठले जानकारी दिए । पुर्जा नेदरल्याण्ड,छन्त्याल अमेरिका र कार्की कतारमा बसोबास गर्छन ।


मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान रहदै आएको छ। महाधिवेशनमा मोनाले गरेका गतिविधि समेटिएको कितावको विमोचन गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l