म्याग्दी समाचार

होटललाई डिजीटलाइज गर्न येस्सूनर एप

सन्दिप शर्मा म्याग्दीे । म्याग्दीमा होटल वयवसायिहरुलाई एकिकृत गर्न येस्सुनर एप आउने भएको छ । जिल्ला भित्र सञ्चालित होटलहरुलाई डिजिटलाइज गर्ने उदेश्यका साथ येस्सूनर एप ल्याउन लागिएको एपका म्याग्दी कोअडिनेटर प्रज्वल शर्माले बताउनु भयो । यो एपमा होटलहरुको विवरण, होटलको कोठाको फोटा, होटलमा उपल्ब्ध हुने खानाको परिकारहरुको विवरण र शुल्क,... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने

म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस

नेपालमा एकैदिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं ३२ जेठ । नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आईतवार थपिएका संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५... पुरा पढ्नुहोस

ब्यवसायिक बाख्रापालनमा ब्यस्त युवा

  म्याग्दी, ३२ जेठ । स्वदेशमा सम्भावना नदेखेर विदेश गएका म्याग्दीका युवाहरु सहज काम र काम अनुसारका तलव नपाएपछि गाउँ फर्किएर विभिन्न पेशामा अगालेर मेहनत र परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समाज देखाएका छन् । ७ बर्षअघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका... पुरा पढ्नुहोस

योजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत हुन मन्त्री पुनको आग्रह

  म्याग्दी, ३१ जेठ । जिल्लामा संचालन भएका विकास आयोजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत रहन स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियर र उपभोक्ता समितिलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले आग्रह गरेकी छन् । जिल्लामा प्रदेश सरकारले संचालन गरेको योजनाको प्रगति र कार्यान्वयन अवस्था बुझ्न आएकी मन्त्री पुनले सानासाना विकास... पुरा पढ्नुहोस

बेनी अस्पताललाई कँडेलको पहलमा छ सय आरडिटि किट

म्याग्दी ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली जन्मघर भै काठमाडौमा व्यवसाय गर्दै आएका रबिन कँडेलको पहलमा बेनी अस्पताललाई छ सय थान कोरोना परिक्षणको आरडिटि किट उपलब्ध भएको छ । कोरोना महामारीको रुपमा फैलिएको समयमा कोरोना जाँचका लागि पहिलो माध्यम मानिने आरडिटि किट शुक्रबार युवा व्यवसायी कँडेलले प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस

रिसिनचौतारीमा ब्यवसायिक केरा खेती सुरु

म्याग्दी, ३० जेठ । रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका छन् । बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६०० नाघ्यो

म्याग्दी २९ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ४ हजार ६ सय बढी नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या... पुरा पढ्नुहोस

कोरना रोकथाम र नियन्त्रणमा बेनी नगरपालिकाकाे ६८ लाख खर्च

म्याग्दी, २९ जेठ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि म्याग्दीको बेनी नगरपालिकाले ६८ लाख भन्दा बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा अहिल्यसम्म ६८ लाख लाख २३ हजार १२८ रुपैया खर्च भएको नगरपालिकाले... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले ५६ करोडको अनुमानित बजेट ल्याउने तयारी

  म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाले आगामि आर्थिक बर्ष ०७७/०७८मा ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाको अनुमानित बजेट निर्धारण गरेको छ ।  नगरपालिकाको ५६ औँ कार्यपालिका बैठकले सो अनुमानित बजेट खाका र अुनमानित आय सार्वजनिक गरेको हो । ५६ औँ कार्यपालिका बैठकमा राजश्व परामर्श समिति र बजेट... पुरा पढ्नुहोस