पाक्दै गरेको राखुको धान फाटँ (तस्विरमा)

  • १ कार्तिक २०७८, सोमबार
  • धिरन खत्री
  • 1097 पटक पढिएको

म्याग्दी, १ कात्तिक । निलगिरी र अन्नपुणर् हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीको पाक्दै गरेको धानको फाटँ । राखुको उर्भर भूमि चिनिने यस फाटँमा कृषकले धान, गहुँ लगायतको खेती बाहेक ब्यवसायिक रुपमा आम्दानी हुने खेती गर्न सकेका छैन् । स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी कम गर्दा यहाँका कृषकले निर्वाहमुखी खेती गर्दै रोजगारको लागि विदेश, ब्यवसाय र सरकारी जागिरमा केन्द्रित छन् । धानसंगै हिउदँमा तरकारी खेती गर्न सक्ने हो राखु तरकारी लगायतको खाद्यान्न उत्पादन गरेर आत्मनिर्भर बन्न सक्छ । कृषि क्षेत्रमा सिचाई र यान्त्रिक उपकरणहरु स्थानीय सरकारले कृषकलाई उपलब्ध गराउन नसक्दा कृषकले गोरुको भरमा निर्वाहमुखी खेती मात्र गर्दै आएका छन् । तस्विर : धिरन खत्री

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l