पित्तलको छानोमा गलेश्वर मन्दिर

  • ३० आश्विन २०७८, शनिबार
  • 2137 पटक पढिएको

 

म्याग्दी ३० असोज । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखिएको छ । बेनी नगरपालिका-९ स्थित गलेश्वर शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको छानालाई पित्तलले छाएपछि आकर्षक देखिएको छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो ।


साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वास रहेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भइरहेको छ।