मुलुक
भेटियो हराइरहेको तारा एयरको विमान कोबाङको सानुसरेमा क्षतविक्षत अवस्थामा भेटियो
- 3 बर्ष, 19 दिन अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
मुस्ताङ, १६ जेठ । आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार... पुरा पढ्नुहोस
आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षका रूपमा मनाइने, किसानलाई पेन्सन दिन कोष
- 3 बर्ष, 20 दिन अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
काठमाण्डौ, १५ जेठ । आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षको रूपमा मनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९÷८० को आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख छ। कृषि क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना अघि सारेको छ। योगदानमा आधारित कृषि पेन्सनको व्यवस्था गरिने भएको छ। किसान पेन्सन... पुरा पढ्नुहोस
तारा एयरको जहाज खोज्न गएको सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण
- 3 बर्ष, 20 दिन अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
मुस्ताङ १५ जेठ । हराइरहेको तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ। थासाङबाट हिँडेर सो क्षेत्र पुग्न ५÷६ घन्टा लाग्छ । जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा... पुरा पढ्नुहोस
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
- 3 बर्ष, 20 दिन अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
पोखरा १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए । तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना... पुरा पढ्नुहोस
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
- 3 बर्ष, 20 दिन अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
[caption id="attachment_60611" align="alignnone" width="900"] फाइल तस्वीर[/caption] पोखरा १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय... पुरा पढ्नुहोस
लोमान्थाङमा सडक बत्ती जडान
- 3 बर्ष, 20 दिन अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
मुस्ताङ १५ जेठ । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो । अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा... पुरा पढ्नुहोस
लोमान्थाङमा ‘तिजी’को रौनक
- 3 बर्ष, 21 दिन अगाडि
- १४ जेष्ठ २०७९, शनिबार
मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अन्तरगत कैकुखोला–खन्ती खण्ड कालोपत्रे
- 3 बर्ष, 22 दिन अगाडि
- १३ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी, १३ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका... पुरा पढ्नुहोस
विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रद्धारा राजीनामा
- 3 बर्ष, 24 दिन अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
काठमाण्डौ ११ जेठ । विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । बुधवार एक विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष मिश्रले पार्टीको साधारण सदस्य मात्रै रहने गरि अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।... पुरा पढ्नुहोस
मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी
- 3 बर्ष, 24 दिन अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
काठमाण्डौ ११ जेठ । काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९... पुरा पढ्नुहोस