मुलुक

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं, ३१ असार। प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको प्रतिस्पर्धी उम्मेद्वार नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी थिईन । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई... पुरा पढ्नुहोस

बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

  निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं,... पुरा पढ्नुहोस

बागलुङमा डेङ्गु भेटियो

बागलुङ २८ असार । बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको... पुरा पढ्नुहोस

महावीर पुनलाई गण्डकी रत्न सम्मान, प्रदेश सांसदको हैसियत

  म्याग्दी । वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गरेका हुन् । गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार... पुरा पढ्नुहोस

माओवादीको पोलिटब्युरोमा गण्डकीका २१ जना

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा,... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग

म्याग्दी,२५ असार । प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य थापाले म्याग्दी हिमाली जिल्लाको... पुरा पढ्नुहोस

माओवादी बैठकमा रिपोर्टिङ : गठबन्धनमा कांग्रेस इमान्दार भएन

काठमाडौं, १९ असार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट सहयोग नभएको ‘रिपोर्टिङ’ भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठकमा रिपोर्टिङका क्रममा प्रदेश अध्यक्षहरुले चुनावमा कांग्रेस इमान्दार नभएको सुनाएका छन् । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले... पुरा पढ्नुहोस

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न दबाब

  म्याग्दी, १६ असार । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई नेकपा माओवादी केन्द्रले दबाब दिएको छ । लामो समयसम्म सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन अर्थमन्त्रीलाई दबाब दिएको हो । अर्थमन्त्री रामजी बरालसँग... पुरा पढ्नुहोस

वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा

  वामदेव गौतम नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ। पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिइएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५... पुरा पढ्नुहोस

स्वतन्त्रले पछ्याएको राजनीति

गोविन्द चापागाईं / सदियौंदेखि एउटै दलहरूको राजनीतिको भुमरीमा परेको नेपालको राजनीतिक अवस्थालाई फर्केर हेर्ने हो भने पनि धेरै वर्षदेखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा समाजवादी, तमलोपा, जसपा, विवेकशील साझालगायत दर्जनौं राष्ट्रिय पार्टीहरू मुलुकमा आ–आफ्नो साझा धारणासहित जनतासामु प्रस्तुत भएका छन् । विगत लामो समयदेखिको यो राजनीतिक विचार... पुरा पढ्नुहोस